दुई सातादेखि वैदेशिक अध्ययन अनुमति पत्र वितरण अवरुद्ध, अझै बनेन् सर्भर
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १६:२७:०
३ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति शाखाको सर्भर बिग्रिएका कारण सयौं विद्यार्थी विदेश जानबाट रोकिएका छन् । दुई सातादेखि वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर–एनओसी) वितरणमा प्राविधिक समस्या आइरहेको छ । अध्ययनका लागि विदेश जान लागेका विद्यार्थी सर्भर नबनेका कारण समस्यामा परेका दुई सातादेखि कुरीरहेका छन् ।
शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्राविधिक गडबडी भएपछि विद्यार्थीले आवेदन दिने प्रक्रिया, भेरिफाइ र एनओसी प्रमाणपत्र वितरण कार्य रोकिएको छ । सफ्टवेयर अपडेट गर्ने क्रममा सर्भर डाउन हुँदा समस्या आएको शिक्षा मन्त्रालयले जनाएको छ । सर्भर डाउन हुँदा मंसिर २३ देखि २९ गतेसम्मको डेटा रिकभर हुन सकेको छैन् । अनलाइन मार्फत आवेदन दिएका केही विद्यार्थीको तथ्याङ्क हराएको छ भने नियमित एनओसी वितरण रोकिएको छ ।
रिकभरका कतिपय डेटामा पनि त्रुटी देखिएपछि विद्यार्थीलाई पुनः आवेदन दिन आग्रह गरिएको छ । दैनिक ३ सयदेखि एक हजार विद्यार्थीले एनओसीका लागि अनलाइन आवेदन दिदै आएका छन् । सिष्टम अपडेटका क्रममा समस्या हुँदा डेटा रिकभरमा ढिलाइ भएर एनओसी वितरणमा कठिनाइ आएको कार्यालयको भनाइ छ । केही विद्याथीले दिएको आवेदन समेत हराएको छ । आवेदन गुमेका विद्यार्थीलाई पुनः आवेदन दिन भनिएको छ ।
एनओसी लिन सानोठिमी पुगेका एक विद्यार्थीले भने एकसातासम्म एनओसी नपाउँदा अध्ययनका लागि विदेश जाने योजना अलपत्र परेको बताए । भिसा लागेर अध्ययन गर्न गइहाल्नु पर्ने विद्यार्थीले अर्को आवेदन दिएर एनओसी लिनुपने अवस्थामा छन् । डेटा गुमेका दिनहरू मध्ये अब दुई दिनको मात्रै रिकभर गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले एक÷दुई दिनमै एनओसी वितरण प्रक्रियामा सुरु हुने दाबी गरेको छ । अहिले अनलाइन आवेदन दिए पछि अनलाइनबाटै भेरिफाइ हुने व्यवस्था छ । राजश्व समेत अनलाइनबाटै बुझाएर एनओसी प्राप्त गर्ने बेला सक्कल प्रमाण पत्र लिएर विद्यार्थी कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ ।
अघिल्लो हप्ताको आवेदन हराएपछि आइतबारदेखि मंगलबारसम्म ३ हजार भन्दा बढी विद्यार्थीले पुनः आवेदन दिएको कार्यालयले जनाएको छ । सानोठिमीस्थित कार्यालयमा विद्यार्थीको त्रसिद बनिरहेका छन् । एनओसी प्राप्तिमा ढिलाइ हुँदा विद्यार्थीले नारा जुलुस समेत गरेका थिए । कार्यालयले प्रमाण पत्र भेरिफाइको लागि राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयकमा भट्टराईको प्रस्ताव: कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौं
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २३, २०८१ आइतबार
काठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार