यो संविधान अनुसार कुनै पनि दलको एकल बहुमत आउँदैन : देउवा
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार २०:२८:२३
३ पुस, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने वाध्यता रहेको बताएका छन् । कांग्रेसको गण्डकी प्रदेश समितिको पहिलो सम्मेलनमा महामन्त्री गगन थापालगायतका नेताहरूले अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताउँदा देउवाले भने एक्लै कुनै पार्टीले बहुमत नल्याउने जवाफ दिए ।
यो संविधानअनुसार एक्लै बहुमत पुर्याउन गाह्रो हुने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको बताएका हुन् । अहिले कांग्रेसको आकर्षक सिद्धान्तलाई मानेर सबै पार्टीहरू मिलेर आएको पनि देउवाको भनाइ थियो । पार्टीभित्र गुटबन्दी मौलाएको, नेताहरूले टिकट वितरणमा न्याय नगरेको जस्ता आवाज सम्मेलनमा नेताहरूले बोल्ने क्रममा उठाएका थिए । देउवाले भने पार्टी एक जुट हुनुको विकल्प नरहेको बताए ।
अहिले नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी रहेको भन्दै देउवाले अब अझै ठूलो र बहुमतमै ल्याउन सक्ने बनाउनेतिर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले कांग्रेसमा देशैभरि उत्साह देखिएको र प्रदेश सम्मेलनले झनै उत्साह थप्ने उनको भनाइ थियो ।
देउवाले संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो भएको बताए । संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो छ । त्यसैले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने वाध्यता पनि हो’, उनले भने ।
अरू पार्टीले कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरूले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्ने सभापति देउवाले सुनाए । उनले भने, ‘अहिले हाम्रो पार्टीको आदर्श र सिद्धान्त भनेको महत्वपूर्ण कुरा हो । हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरूले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार