बारामा बस दुर्घटना हुँदा तीनको मृत्यु, २८ जना घाइते
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार ११:०:११
४ पुस, काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा २० जना घाइते छन् । काकरभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको यात्रुबहाक बस र मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक ठक्कर खाएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार