युद्धविराम वार्ताका लागि हमास प्रमुख आज इजिप्ट जाने
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १२:४०:५२
४ मंसिर, एजेन्सी । गाजा क्षेत्रमा युद्ध विराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन्।इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो ।
संयुक्त राष्ट्रसंघले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्ध विरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । गाजा पट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ ।
कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।
इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका १२९ जना बन्धकहरूको रिहाईका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मंगलबार उनले हमाससँग वार्ताको टेबुलमा फर्कने सङ्केत दिएका छन् ।
इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाईका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुई पटक युरोप भ्रमणमा पठाएको बताए ।
यसैबीच प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले मंगलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको दाबी गरेको छ । गत अक्टोबर ७ मा गाजाबाट हमासका लडाकुहरु बाहिर निस्केपछि युद्ध सुरु भएको र इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ ।
गाजाको हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १९ हजार ६६७ जनाको ज्यान गएको र त्यसमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्प भन्छन् - राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन
असोज ८, २०८१ मंगलबार
इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु, १६४५ भन्दा बढी घाइते
असोज ८, २०८१ मंगलबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
असोज ८, २०८१ मंगलबार
त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने
असोज ८, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीको सरकारी वकिलको कार्यालय बयान सुरु, साीआईबीको टोली पनि आउँदै
असोज ८, २०८१ मंगलबार
न्यायाधीश राउतको इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार