अष्ट्रेलिया र क्यानडामा धेरै कमाइ गर्ने पहिलो फिल्म 'एनिमल'
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १३:३५:४५
४ पुस, मुम्बइ । बलिउडको एक्शन थ्रिलर फिल्म एनिमलको क्रेज अन्त्य हुन सकेको छैन । सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ । एनिमल फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको एनिमल फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो ।
एक रिपोर्ट अनुसार, एनिमल फिल्मले अष्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ । यो कमाइ रिलीजको १८ दिन भित्रको हो ।
यो चलचित्र हलमा आएको १८ दिन भैसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा पुगिरहेका छन् । रणवीर कपूर र बबी देओलको यो फिल्म ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको थियो ।
रणवीर र बबीको यो फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ । तमिल भाषामा फिल्मको कलेक्शन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठूलो कमाइ गरेको थियो । आइतबार अर्थात् १७ औं दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिले सम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ ।
एनिमल चलचित्रले हलमा कमाउन मात्र ३ दिन बाँकी छ । वर्षको अन्त्यसँगै शाहरुख खानको ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदैछन् । यी चलचित्रहरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार