कुमारी बैंकको फेस्टिभ अफरमा नागरिक बचत खातामा आकर्षक छुट
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १३:५२:३३
४ पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडले फेस्टिभ अफर सार्वजनिक गरेको छ । क्रिसमस, योमरी पुन्ही तथा तमु ल्होसारको अवसरमा बैंकले नागरिक बचत खातामा आकर्षक छुट तथा अफरहरू सार्वजनिक गरेको हो । बैंकका अनुसार यो अफर यही पुस ८ देखि लागू भएर २० गतेसम्म कायम रहनेछ ।
जसमा नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रदान गरिनेछ । तर सो खातामा न्यूनतम् रकम एक हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । उत्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागू हुनेछन् ।
डिजिटल बैंकिङ सेवाहरूलाई प्रोत्साहन गर्न तथा बैंकिङ सेवामा उत्कृष्टताको परम्परालाई निरन्तरता दिँदै ग्राहकलाई समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको बैंकको दाबी छ ।
बैंकले ३०९ शाखा, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार