सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच आन्तरिक लेखापरीक्षण गर्ने सम्झौता
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १४:९:२०
४ पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकको नारायणहिटीपथ स्थित प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहन राज काफ्लेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानून तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले संपादन गर्ने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार