‘पर्खी बसेँ तिमीलाई’ को दुई पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १६:८:५३
४ पुस, काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
पुस २७ मा प्रदर्शन गरिने तय भएको चलचित्रको दुई पोस्टर मध्ये एकमा प्रेम भाव देखाईएको छ भने, दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठले 'पर्खी बसे' मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई भित्र्याएका थिए ।
यसपटक उनेल २७ औँ चलचित्रको रुपमा 'पर्खी बसें तिमीलाई' मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए ।
‘यो विशुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई भित्र्याएका छौं । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने । अभिनेता किरण र अभिनेत्री रक्षाले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् ।
आभिनेत्री रक्षाले आफूले प्रेम कथानक चलचित्रमार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन् । ‘फिल्ममा लभर गर्लको रुपमा प्रस्तुत भएकी छु । नयाँ भएता पनि टिमले गर्नु भएको सहयोगले मैले आफ्नो काम देखाउने अवसर पाएकी छु’, रक्षाले भनिन् ।
अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने ।
यस चलचित्रमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
निर्माता राजाराम बुढाथोकीले विना सम्झौता चलचित्र तयार गरिएको जानकारी दिए । उनले भने,ुयसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विसुद्ध मनोरन्जनात्मक चलचित्र बनेको छ । स-परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’
रोमान फिल्म र तपश्री फिल्म्स ९सिक्किम० को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायाङ्न नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
असोज ७, २०८१ सोमबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन
असोज ८, २०८१ मंगलबार
वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
असोज ८, २०८१ मंगलबार
कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न
असोज ८, २०८१ मंगलबार
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ
असोज ८, २०८१ मंगलबार
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सक्न खानपानीमन्त्रीको निर्देशन
असोज ८, २०८१ मंगलबार