नेपाली सेनाको रेकर्ड सिस्टममा कुनै त्रुटि छैनः सेनापति
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १६:१६:२२
४ पुस, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राजीनामा दिएका ताराध्वज पाण्डेको जन्ममितिमा पनि कुनै त्रुटि नभएको बताएका छन् । उनले नेपाली सेनाको रेकर्ड सिस्टममा कुनै त्रुटि नरहेको दाबी गरेका छन् । भावि प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा गर्न लागेका बेला उमेर विवादमा परेका पाण्डेको जन्ममितिमा पनि कुनै त्रुटि नभएको उनको भनाइ छ ।
प्रधानसेनापति शर्माले तत्कालीन उपरथि पाण्डेको जन्ममितिमा कुनै विवाद नभएको दाबी गरे । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनापति शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह लागेको बताए ।
सेनापति शर्माका अनुसार अरु निकायमा जस्तै सेनामा पनि जागिर खाने क्रममा उमेर प्रमाणित गर्न एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेटलाई हेर्ने गरिएको छ । उनले भने, सम्बन्धित निकायले नलिई नेपाल आर्मीले न्वारन गर्दैन । नेपाल आर्मी न्वारन गर्ने संस्था होइन ।
अहिले बढुवा सिफारिस गर्नुअघि पनि त्यही तीन कागजमा भएको उमेर पुनः परीक्षण गरिएको थियो । पाण्डेको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा दुई पटक चिठ्ठी लेखेर सोधेको भन्दै उनले भने, जिल्ला प्रशासन कार्यालयले पुरै ठिक छ भनेर पठाएको छ ।’ सबैतिरबाट ठीक ट भनेर आएको र सेनामा भर्ना हुने क्रममा लेखेको फारम पनि मिलेको सुनाए ।
जन्म मिति र प्रमाणपत्रबारे विवादमा मुछिएका नेपाली सेनाका जर्नेल ताराध्वज पाण्डेबारे प्रधान सेनापति प्रभुराम शर्मा र सांसदहरुबिच सवाल–जवाफ भएको हो । सांसद रघु पन्तले ताराध्वजको प्रमाणपत्र बारेमा बाहिर आएका चर्चा र वास्तविकता के हो भन्दै प्रधानसेनापतिलाई प्रश्न गरेका थिए । त्यसक्रममा उनले बढुवाको सिफारिस पनि गर्ने र विवादमा आएपछि राजीनामा दिन लगाउने भनेर जिज्ञासा राखे । साथै उनले सेनाले गरेको छानबिन दूधको दूध, पानीको पानी नभएको भन्दै यसले सेनामाथि गम्भीर आशंका जन्माएको बताए । ‘उमेर सम्बन्धमा तपाईहरुको रेकर्ड के छ ? राती ५ घण्टासम्म हेडक्वार्टर राखेर राजीनामा दिन बाध्य पारियो भन्ने छ यो के हो भन्दै उनले प्रश्न गरेका थिए ।
पन्तपछि सांसद राजेन्द्र पाण्डेले राजीनामा दिँदैमा उन्मुक्ति पाइन्छ भनेर प्रश्न गरे । सवालमा प्रधान सेनापति शर्माले ताराध्वज पाण्डेको बढुवा सिफारिस नभएको बताए । ‘बढुवा सूचना प्रकाशित गरेको हो । त्यसमा उमेर मात्र होइन, बोलाई लेखाइ ख्वाई, साइक्राटिक छ कि भनेर सातदिने सूचना निकालिएको हो । त्यो पत्रपत्रिकामा आयो । मैले पत्र नै ल्याएको छु’, कागज देखाउँदै उनले भने, ‘यो खोस्टो छोपेर एउटा गिरोहले देखाइयो । यो सबै मिडिया हाउसमा छ । संशोधित मिति देखाउन म च्यालेन्ज गर्छु ।’
उनले कसैको पनि जागिर खाने नखाने प्रमाणपत्र भनेको एसएलसीको सर्टिफिकेट भएको पनि बताए । ‘अहिले पो अस्पतालमा जन्मेको कार्ड दिन्छ । पहिला त्यस्तो थिएन । हामीले जिल्ला प्रशासन कार्यालय, युनिभर्सिटीलाई पनि सोध्यौँ ठिक छ भन्ने जवाफ आयो’, उनले भने, ‘नेपाली सेनामा व्यक्तिगत गुण पनि चाहिन्छ । देशको कानुनको बारेमा जानकारी नहुने, नेतृत्व क्षमता, पेसागत क्षमता छ कि छैन सबै हेरिन्छ ।’
उनले सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि थिएन त्यो पनि हेरिने भन्दै त्यस्तो विवाद आएपछि आफूले आधा घण्टा केरकार गरेको र त्यसक्रममा पाण्डेले ‘म सक्दिन’ भन्ने जवाफ दिएको बताए । शर्माले अर्का जर्नेल अशोक सिग्देलको पनि नागरिकता हेरेको बताए । ‘उसको दुईवटा नागरिकता छ । एउटा रुपन्देहीबाट र अर्को जाजरकोटबाट तर १७ वर्षकै छ’, पाना पल्टाउँदै शर्माले भने, ‘मैले प्रमाण ल्याएको छु ।’ बिचमा रवि लामिछानेले थपे, ‘देशको आर्मी चिफले भनेपछि पत्याउनै प¥यो नि ।’ त्यसपछि शर्माले भने, ‘सेनालाई गलत देखाउने तत्वहरुको खेल हो ।’
शर्माले सुवेदीको हकमा पनि जाजरकोट र रुपन्देहीमा सोध्दा सबै ठिकठाक रहेको बताए । बरु उनले विवाद ल्याउनेलाई कारबाही गर्नुपर्ने धारणा राखे । सवाल–जवाफको अन्तिमतिर प्रधान सेनापति शर्माले हाँस्दै आफू सिपाही भएपनि आज प्राविधिक, डाक्टर र प्रोफेसर बनाइएको बताए । ‘म सिपाहीलाई आज प्राविधिक, डाक्टर, प्रोफेसर बनाइयो’, उनले यति भनेपछि जर्नेलहरुका कागजात हेर्न मिल्छ भनेर प्रश्न गरे । सवालमा उनले भने, ‘हेर्न मिल्छ, तर अर्काको निजी डकुमेन्ट लैजान मिल्दैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार