पछिल्लो समय काठका सामान उपभोक्ताको रोजाइमा
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १६:४५:२
४ पुस, चितवन । नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् । उद्योगमा नेपाली काठ प्रयोग गरेर नेपाली कालिगडले नै सामग्री बनाउने गरेका छन् ।
गत वैशाखदेखि सञ्चालनमा आएको सो उद्योगले भदौदेखि आफ्ना उत्पादन बजारमा ल्याएको छ । बजारमा ल्याएको छोटो समयमा नै नेपाली उद्योगका उत्पादन ग्राहकले रुचाएका छन् । उद्योगका सञ्चालक तथा व्यवस्थापक युगराज वस्तीका अनुसार उपभोक्ताको आवश्यकता अनुसार उत्पादित वस्तु थप गर्दै लगिएको छ । उत्पादन गरिएका सामान बिक्री भइरहको उनको भनाइ छ ।
उद्योगले उत्पादन गरेका सामाग्री पुस्तक पसलदेखि भाँडा पसलसम्म राखेर बिक्री गरिँदै आएको छ । उद्योगले काँटा चम्चा, टेबल, कपडा झुण्ड्याउने ह्याङगर, जुत्ता राख्ने ¥याक, मसला बक्स, बेलना, चौका, पुस्तक ¥याक, कटिङ बोर्ड, गमला, खुर्मा बनाउने बोर्ड, खुत्रुके, गणितीय नापजाँच सम्बन्धी सामग्री, सोफालगायत उत्पादन गरिरहेको छ ।
नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको सञ्चालक वस्तीको भनाइ छ । “हाम्रा वन जङ्गलमा रुख ढलेर सडेर गएका छन । उपयोगमा ल्याउन सकिएको छैन”, उनले भने, “काठको सरकारी खरिद प्रक्रिया पनि झन्झटिलो छ ।” उनले उद्योगलाई टिकाइराख्नका लागि सरकारले मेसिन ल्याउन र काठ खरिदमा सहजीकरण गरिदिनुपर्ने बताए ।
उद्योगबाट हाल ३५ जनाले रोजगारी पाएका छन् । उद्योग स्थापनाका लागि रु १२ करोड खर्च भएको उद्योगका अध्यक्ष ताराप्रसाद पौडेलले बताए । उनले मनाङ, मुस्ताङ जस्ता चिसो ठाउँमा काठका सामाग्री पु¥याउने लक्ष्य राखिएको बताए । आगामी दिनमा विदेश निर्यात गर्नेगरी सामाग्री उत्पादन गर्ने उद्योगको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुर कारागारमा लागुऔषध मुद्दाका कैदी सबैभन्दा धेरै
असोज ८, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
असोज ६, २०८१ आइतबार
नेपाली सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
असोज ८, २०८१ मंगलबार
कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न
असोज ८, २०८१ मंगलबार
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ
असोज ८, २०८१ मंगलबार
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सक्न खानपानीमन्त्रीको निर्देशन
असोज ८, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार