शहरमा पनि धामी–झाँक्रीप्रति विश्वास कायमै
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १६:५७:३१
४ पुस, रामेछाप । जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, शहरमा अझै पनि कायमै छ ।
गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो । अस्पतालमाम ठूलो धनराशि खर्च गरेर उपचार गराउँदा पनि बिरामीलाई निको नभएपछि निराश भएका बिरामीका आफन्त अन्तिम विकल्पका रूपमा तान्त्रिककामा उपचारका लागि पुग्ने गर्छन् ।
अस्पताल, औषधि र आधुनिक प्रविधिको उच्चतम प्रयोग भइराखेको अहिलेको परिवेशमा पनि धामीझाँक्रीमा विश्वास गरेर कैयौँ बिरामी उपचारका लागि पुग्ने गर्दछन् । लिखु तामाकोशी गाउँपालिका–७ निवासी प्रतीक बोहरा व्यावसायिक धामी–झाँक्री छन् । आफ्ना जुजुबाजे, बाजे र बुवा सबैले यही काम गरेका र आफ्नो शरीरमा पनि सानै उमेरदेखि झाँक्री चढेकाले यही पेसा गर्दै आएको उनी बताउछन् । बोहोरा आफ्नो गृह वडा, पालिका र जिल्लाका साथै बेलाबेलामा सेवा गर्नाका साथै काठमाडौँको स्वयम्भू कारखाना चोकमा धामी–झाँक्री आश्रममा बसेर सेवा पुर्याउँदै आएका छन् ।
उनी भन्छन्, “काम्ने, छोप्ने र एक्कासी बेहोस भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरूको सेवाभावले उपचार गर्ने हो ।” बोहोराका अनुसार धामी–झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन गतल हो यस्ता गतिविधि गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ ।
यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री सङ्घले अनुगमन टोली बनाएको पनि उनको भनाइ छ । परम्परा र संस्कार संरक्षणका लागि यो काम गर्नुपर्नेमा बोहोरा जोड दिन्छन् । उनी धामी, झाँक्री र माताले मनपरी शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि धामी–झाँक्री सङ्घको अनुगमन टोली बेलाबेलामा आउनुपर्नेमा जोड दिन्छन् ।
“यो व्यवसाय होइन, संस्कारका रूपमा विकास हुनुपर्छ”, बोहरा भन्छन् । विकृतिका रूपमा फैलिँदै गएको धामी–झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उनको भनाइ छ । पहिले कुन जमिनमा घर बनाउँदा राम्रो हुने, कतापट्टि फर्काउने, मूलढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र त्यसको शुभसाइत झाँक्रीले नै गर्ने गरेको बोहोरा बताउछन् ।
मानवीय विकाससँगै अस्पतालबाट गरिने उपचारलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उहाँ सकेसम्म बिरामीको निःशुल्क सेवा गर्न झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिन्छन् । अस्पताल धाउँदाधाउँदै निको नभएका बिरामी पनि आफूले तान्त्रिक विधिबाट उपचार गरेर निको पारेको मन्थली नपा वडा नं ७ का तान्त्रिक विशेषज्ञ केदारप्रसाद ढुङ्गेल बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार