कांग्रेसको मधेश प्रदेश सम्मेलन, विशिष्ठ अतिथिको आशन ग्रहणमा विवाद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार ११:७:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress_hW2SUdyRyw_xoQe2gQYgH.jpg)
५ पुस, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरधाममा सुरु हुँदै छ । जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उद्घाटन गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासहितका शीर्षनेताहरु जनकपुर आउन लागेका छन् ।
बिहीबार उद्घाटन र भोलि शुक्रबार बिहानदेखि बन्द सत्र हुने प्रदेशसभापति कृष्णप्रसाद यादवले जानकारी दिए । उद्घाटन समारोहमा आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुँदै छन् । बन्द सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ ।
सम्मेलनमा वरिष्ठ नेता शेखर कोइरालालाई विशिष्ट अतिथिको रुपमा सहभागी नगराउने भएपछि शेखरपक्ष असन्तुष्ट बनेको छ । कोइराला सम्मेलनमा सहभागी हुने नहुने निश्चित भएको छैन् । यसअघि दुई प्रदेशमा भएका सम्मेलनमा कोइराला देउवापछिको आसनमा बस्दै आएका थिए ।
मधेशमा भने सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्कालाई राखिएको छ । कोइराला पक्षले देउवापछि कोइरालालाई आशन ग्रहण गराउनुपर्ने भन्दै माग राखेको छ । विशिष्ट अतिथिको विवादकाबारे कोइरालाले भने केहि बताएका छैनन् । उनी सम्मेलनमा नआउने उक्त समूहका नेताहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार