आईपीएल २०२४ : लिलामीमा राखिए कोहलीले ४२–४५ करोड पाउने पूर्व ब्याट्सम्यानको दाबी
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १२:१८:११
५ पुस, दुबइ । गत मङ्गलबार आईपीएल २०२४ को लागि दुबईमा मिनी अक्सन भएको थियो, जसमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क सबैभन्दा महँगो बिकेका थिए।
स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारतीय रुपैयाँमा किनिएको थियो । स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । तर के तपाईलाई थाहा छ विश्वका महान् ब्याट्सम्यानमा गनिने विराट कोहलीलाई आईपीएल २०२४ को लागि १५ करोड भारुमा रिटेन गरेको छ ।
विराट कोहली आईपीएल अर्थात् २००८ को शुरुवातदेखि रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा रहेका छन्। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि विराट कोहलीलाई लिलामीमा बोली लगाइयो भने टोलीहरूले उनलाई कतिमा किन्न चाहन्छन् रु यसको जवाफ भारतीय पूर्व ब्याट्सम्यान आकाश चोपडाले दिएका छन् । आकाश चोपडाले कोहलीको मूल्य यसरी उद्धृत गरे, जुन हालको मिचेल स्टार्कको मूल्यभन्दा झण्डै दोब्बर हो।
पूर्व भारतीय खेलाडीले भने यदि विराट कोहली आईपीएलको लिलामी तालिकामा आए भने उनलाई ४२–४५ करोडमा किनिनेछ।
विराट कोहलीले आफ्नो करियरमा अहिलेसम्म २३७ आईपीएल खेल खेलेका छन्, २२९ इनिङ्समा ब्याटिङ गर्दै ३७.२५ को औसत र १३०.०२ को स्ट्राइक रेटमा ७२६३ रन बनाएका छन्। यस अवधिमा उनले ७ शतक र ५० अर्धशतक प्रहार गरेका छन् । कोहली आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । शिखर धवन ६६१७ रन बनाएर यो सूचीमा दोस्रो स्थानमा छन् ।
भर्खरै भएको लिलामीमा अष्ट्रेलियाका खेलाडीमा धेरै पैसाको वर्षा भएको थियो । बायाँ हाते फास्ट बलर मिचेल स्टार्कलाई २४.७५ करोड भारतीय रूपैयाँमा किनिएको थियो । यस बाहेक सनराइजर्स हैदरावादले अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई २० करोड ५० लाख दिएर आफ्नो हिस्सा बनाएको छ । यस बाहेक अष्ट्रेलियाका बायाँ हाते तेज गेंदबाज स्पेन्सर जोनसनले १० करोड भारु पाएका छन्, जसलाई गुजरात टाइटन्सले आफ्नो सेयर बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार