मन्त्री किराँतीको प्रष्टीकरण : बहसका लागि धन्यवाद, सबैको अस्तित्व सम्मान गर्छु
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १४:४२:४७
५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् ।
बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर संसदीय समितिदेखि सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीको विरोधसहित मन्त्रीबाट बर्खास्त गरेर कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।
चौतर्फी आफ्नो अभिव्यक्तिको विरोध भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिँदै मन्त्री किराँतीले आफू सबैको धर्मको अभिभावक रहेको र सबैको अस्तित्वको सम्मान गर्ने बताएका हुन् ।
आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै फेसबुकमा उनले लेखेका छन् :
बहसको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्नलाई त मलाईस
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,
फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गराैँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
कात्तिक २७, २०८१ मंगलबार
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
स्याङजाको रणवीर माविमा कानुन विपरीत शिक्षक सरुवा: न्याय खोज्दै अदालत पुगे अभिभावक
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउँदै
कात्तिक २७, २०८१ मंगलबार
यु-१९ महिला टि-२० विश्वकप : आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा
कात्तिक २७, २०८१ मंगलबार
चाँगुनारायणमा भक्तजनको भीड [फोटो फिचर ]
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी विकास कोषले पारित गर्यो साढे ७७ करोड बजेट
कात्तिक २७, २०८१ मंगलबार
नेपालको राजनीतिले नैतिकता गुमाउँदै क्षयीकरणको बाटो लिएकै हो ?
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार