माघ ११ गतेका लागि निर्वाचन आयोगले तोक्यो मतदान केन्द्र, बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मत दिन पाइने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १४:४५:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/NIrwachan_VcWEo2sCti_2SFAzUa0Xk.jpg)
५ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।
जसअनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन हेटौडा मकवानपुर रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवनघोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढी कैलालीलाई मतदान स्थल तोकिएको छ ।
तोकिएका मतदान स्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् । मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ । तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ः बजेसम्म मतदान हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मंगलबार बजारमा १० अर्ब ४३ करोडका शेयर किनबेच भए, १२ अंकले बढेर २७४० मा रोकियो नेप्से
फागुन ६, २०८१ मंगलबार
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
फागुन ६, २०८१ मंगलबार
साउदी अरबमा अमेरिका–रुस वार्ता सुरु, युक्रेनलाई स्थान छैन
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार