उक्साए ‘आणविक हमला’ गर्न नहिच्किचाउने उत्तर कोरियाली नेता किमको चेतावनी
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १५:३७:२९
५ पुस, सियोल । उत्तर कोरियाले ‘शत्रले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ ।
प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताउनुभएको हो ।
यद्यपि सियोल र उसका सहयोगीले ‘बिना शर्त वार्ता’ गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच भएको बैठकपछि किमले यस्तो चेतावनी दिनुभएको हो ।
बैठकको कार्यसूचीमा ‘आणविक र रणनीतिक योजना’ समावेश गरिएको थियो र सहयोगीहरूले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियामाथि प्योङयाङले गरेको कुनै पनि आणविक आक्रमणले उत्तर कोरियाली शासनको अन्त्य हुने कुरा दोहो¥याएका थिए ।
तर किमले आफ्नो सेनाको क्षेप्यास्त्र ब्युरोलाई ‘शत्रुले आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न समेत नहिचकिचाउन’ भनेको प्योङयाङको कोरियाली केन्द्रीय समाचार संस्था 'केसीएनए'ले बिहीबार जनाएको छ ।
त्यसको केही समयपछि वासिङ्टन, सियोल र टोकियोले वक्तव्य जारी गर्दै आणविक शक्ति सम्पन्न मुलुकलाई ‘थप उक्साहट नगर्न र बिना कुनै पूर्वशर्त ठोस वार्तामा संलग्न हुने आह्वानलाई स्वीकार गर्न’ आग्रह गरेका थिए ।
यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको कीर्तिमानी शृङ्खलाको सामना गर्दै तीनै देशले प्रतिरक्षा सहयोग बढाएका छन् र मङ्गलबार उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको तथ्याङ्क सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।
उत्तर कोरियाले सोमबार आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ह्वासोङ–१८ प्रक्षेपण गरेको थियो र पछि यसलाई वासिङ्टन र उसका सहयोगीहरूको निरन्तरको ‘सैन्य खतरा’ को रक्षाका लागि गरिएको बताएको थियो ।
गत हप्ता दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी पुगेको थियो र बुधबार वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा आफ्ना लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।
उत्तर कोरियाले हालै ‘कोरियाली प्रायद्वीप कानुनअनुसार युद्धको अवस्थामा रहेको’ र वासिङ्टनले दक्षिणमा तैनाथ गरेको ‘रणनीतिक सम्पत्ति’ विनाशको पहिलो निशाना हुने बताएको छ ।
गत अक्टोबरमा सियोल, टोकियो र वासिङ्टनको पहिलो संयुक्त हवाई अभ्यासमा आणविक हतियार बोक्न सक्ने अमेरिकी बी–५२ बमवर्षक विमानले भाग लिएपछि प्योङयाङले उक्त अभ्यासलाई ’अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।
प्योङयाङले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र लामो समयदेखि क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा न्यायोचित ठह¥याउँदै आएको छ ।
प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउँदै
कात्तिक २७, २०८१ मंगलबार
ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दावी
कात्तिक २७, २०८१ मंगलबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
स्याङजाको रणवीर माविमा कानुन विपरीत शिक्षक सरुवा: न्याय खोज्दै अदालत पुगे अभिभावक
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउँदै
कात्तिक २७, २०८१ मंगलबार
यु-१९ महिला टि-२० विश्वकप : आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा
कात्तिक २७, २०८१ मंगलबार
चाँगुनारायणमा भक्तजनको भीड [फोटो फिचर ]
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी विकास कोषले पारित गर्यो साढे ७७ करोड बजेट
कात्तिक २७, २०८१ मंगलबार
नेपालको राजनीतिले नैतिकता गुमाउँदै क्षयीकरणको बाटो लिएकै हो ?
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार