प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले कर्णालीलाई १० विकेटले हरायाे
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १७:५७:१६
५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कोशीले कर्णालीलाई १० विकेटले हराएको हो ।
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ ओभरमा नौ विकेट गुमाउँदै ३३ रन मात्र बनायो । कोशीले ३४ रनको सामान्य विजयी लक्ष्य तीन दशमलव एक ओभरमा विकेट नगुमाइकन पूरा ग¥यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले अजिविजित २५ रन बनाइन् । उनले १७ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै काजोल श्रेष्ठले अविजित पाँच रन बनाइन् ।
यसअघि ३४ रन बनाउने क्रममा कर्णालीका लागि किरण कुँवरले नौ तथा बीना थापा र राक्षी खड्काले समान आठ आठ रन बनाइन् । बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगमले तीन, एलिशा खडियाले दुई तथा सवनम राई, निशा शाह र रुविना क्षेत्रीले एक एक विकेट लिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार