कोशी प्रदेशका मन्त्री बोकेर मिक्लाजुङ नआउन प्रधानमन्त्रीलाई पहिचानवादीको चेतावनी
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार ११:२:७
६ पुस, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नो यात्रामा कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्ड विशेष रुपान्तरण अभियान अन्तरत शुक्रबार मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम छ ।
मिक्लाजुङ जाँदा कोशी प्रदेशका सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले भनेका हुन् । प्रदेशका सांसद र मन्त्रीलाई ल्याए प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी छ । बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि पहिचान पक्षधरले अवरोध गरेको थियो ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्री पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेको छ । प्रदेशका सांसद र मन्त्री पुगे प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी छ ।
कोशी प्रदेशका सांसदलाई यात्रामा सहभागी नगराए विरोध नगर्ने संघर्ष समितिले बताएको छ । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई निषेध अभियान चलाइरहेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उदघाटनपछि प्रधानमन्त्री मिक्लाजुङ जानेछन् । मिक्लाजुङबाट फर्किएपछि आज दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उदघाटनपछि काठमाडौं फर्कनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार