सर्वोच्चमा आजदेखि २० न्यायाधीशको इजलास सुरु
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १२:२९:१६
६ पुस, काठमाडौं । सर्वोच्च अदालतमा शुत्रबारदेखि २० जना न्यायाधीशले काम सुरु गरेका छन् । लामो सययपछि सर्वोच्चमा नयाायधीशको संख्या २० पुगेको हो । अझै एक जना न्यायाधीश नियुक्ति गर्न बाँकी छ । नवनियुक्त ६ जना न्यायाधीशदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
यसैले सर्वोच्चमा शुक्रबारदेखि नवनियुक्तसहित २० न्यायाधीशको इजलास सुरु भएको हो । सर्वोच्च प्रशासनका अनुसार नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल शुक्रबारदेखि इजलासमा बसेका छन् । पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए । इजलासमा बस्नुअघि प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशले आफ्ना अनुभव सुनाएका थिए । उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बसेको छ ।
संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
न्यायाधीश राउतको इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट
असोज ८, २०८१ मंगलबार
कास्की अदालतद्वारा छविलाल जोशीलाई हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद
असोज ७, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान
असोज ८, २०८१ मंगलबार
संघीयता कार्यान्वयन पछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा
असोज ८, २०८१ मंगलबार
चलचित्र आँखाको ट्रेलर सार्वजनिक, असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै
असोज ८, २०८१ मंगलबार
हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैनः इरानी राष्ट्रपति
असोज ८, २०८१ मंगलबार
दलित गाउँका पहिलो शिक्षक विशाल
असोज ८, २०८१ मंगलबार
लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण
असोज ८, २०८१ मंगलबार