कस्तो छ चार सय केभी क्षमताको इनरुवा सवस्टेशन ?
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १४:१३:५
६ पुस, काठमाडौं । सुनसरीको इनरवा सवस्टेशनको आज उद्घाटन भएपछि नेपालको उर्जा क्षेत्रमा ठूलो उपलब्धि भएको मानिएको छ । यस क्षेत्रका जनता हर्सित भएका छन् । मुलुकको दोस्रो ठूलो मानिएको चार सय केभी क्षमताको इनरुवा सवस्टेशनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००÷२२० केभी इनरुवा सबस्टेसनमा तीन थान पावर ट्रान्सफर्मर छन् । तीनवटै ट्रान्सफर्मरको क्षमता नौ सय ४५ एमभिए छ । त्यस्तै, २२०÷१३२ केभी १६० एमभिए क्षमताका दुई थान तथा २२०÷३३ केभी, ६३ एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्म छन् ।
इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्नेछ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । साथै १३२ र ३३ केभी प्रसारण तथा वितरण लाइनमार्फत सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । सबस्टेसनलाई भविश्यमा आवश्यकताअनुसार थप विस्तार गर्न मिल्ने गरी निर्माण गरिएको छ ।
अरुण तथा तमोर नदी र तिनका सहायक खोलामा निर्माण गरिएका तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।
इनरुवा ४०० केभी सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी सिमेन्स् लिमिटेडसँग २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । चार सय केभी सबस्टेसनको डिजाइन तथा निर्माण सुपरीवेक्षण एनइए इञ्जिनियरिङ कम्पनीले गरेको थियो । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नुपर्दा निर्माणमा ढिलाइ भएको थियो ।
उद्घाटनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताए । सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकामा हाल एक वर्षमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् थपिनुले देश प्रगतितर्फ अघि बढेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको बताए ।
आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानुनीरुपमा थप व्यवस्था गर्न लागिएको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालनमा आएसँगै प्रदेशका उद्योगी व्यवसायीले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशले निजी क्षेत्रलाई सरकारको अंगका रुपमा राखेर भौतिकरुपमा मात्र नभई मानवीय विकास सुरु गरेको बताए ।
सुनसरी–४ का संघीय सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबस्टेसन सञ्चालनमा आउनु खुसी र गर्वको विषय भएको उल्लेख गर्दै यसले देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह गर्ने बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले सबस्टेसन देशभित्रको विद्युत् खपत र निर्यातका लागि कोशेढुङ्गा सावित हुने बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रुपमा रहेको बताए ।
सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्तिसमेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनेछ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार