राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १७:३०:६
६ पुस, काठमाडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एक आधार भएकाले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने अभ्यास लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका कामकारबाहीमा समेटेर पेस गरेको प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारीरूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त आर्थिक वर्ष मुलुकका लागि निर्वाचनमय वर्ष भएकाले सफलता पूर्वक सम्पन्न भएका विभिन्न तहका निर्वाचनका बारेमा प्रतिवेदनमा समेटिएको जानकारी गराए । उनले निर्वाचनलाई मितव्ययी, पारदर्शी र व्यवस्थित तुल्याएको उल्लेख गरे । सो अवसरमा आयोगका आयुक्तहरू र उच्चाधिकारीको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार