झापाबाट सिटौलालाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १९:३८:२४
६ पुस, दमक । नेपाली कांग्रेस झापाले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेद्वार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खलेका सिटौलाको नाम सिफारिस गर्न कांग्रेस झापाको विस्तारित बैठक बसेको थियो । जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ–नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईले जानकारी दिए ।
शुक्रबार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले नाम प्रस्ताव गरेका थिए । उक्त नाममा सचिव राम कट्टेलले समर्थन गरेका छन् । सिटौला झापाको भद्रपुर नगरपालिका तथा क्षेत्र नं. ३ को स्थायी बासिन्दा हुन् ।
सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मिति तय भएको छ । राष्ट्रिय सभामा सिटौला निर्वाचित भएको अवस्थामा राष्ट्रियसभाको अध्यक्ष बन्ने चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार