कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली पुग्यो, अब पलाँतामा बाँकी
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार ९:७:५९
७ पुस, मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युतको पहुँच विस्तार भएको जानकारी दिए।
रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युतको पहुँच पुगेको छ । आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पु¥याउन बाँकी नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए ।
“गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ”, उनले भने, “अब चाँडै पलाँतामा पनि बिजुली पु¥याउँछौँ”, उनले भने । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । “अहिले त्यहाँ बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,” उनले भने।
जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको प्रमुख साहले बताए । “विद्युत पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार