भिजिट भिषाको सेटिङमा माओवादीनिकट कर्मचारीको संलग्नताले गृहमन्त्री तनावमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार ९:५३:६
![](https://nepalbahas.prixacdn.net/media/albums/nayankaji_LeOpFeeFfa_otGnZXT9iE.png)
७ पुस, काठमाडौं । गृहमन्त्रालय सम्हालेपछि चर्चामा आएका नारायणकाजी श्रेष्ठ तनावमा परेका छन् । भिजिट भिषाको सेटिङमा अध्यागमनका कर्मचारीहरू तानिन थालेको र त्यसमा माओवादी निकट कर्मचारीहरू तानिए पछि उनी तनावमा परेका हुन् । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्रीकै सेटिङमा अध्यागमन विभाग सम्हाल्न पुगेका झलकमान अधिकारी सुन काण्डमा मुछिएपछि उनलाई जोगाउन गृह मन्त्रालयमा तानिए पनि थप कारबाही अनुसन्धान केही पनि अघि बढाइएन । अहिले पनि अध्यगमन विभागमा रहेका कर्मचारीहरू मुछिएका छन् । त्यसमा पनि मओवादी निकट रहेका कर्मचारी मुछिँदा पनि उनी मौन बसेका छन् ।
गृहमन्त्री श्रेष्ठकै सेटिङमा त्यहाँ पुगेका कर्मचारीले भिजिट भिषाको सेटिङमा करोडौ रूपैयाँ अपचलन गरेको अनुसन्धानबाट खुलेपछि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सेट नै परिवर्तन गर्ने भएको छ । ट्राभल एजेन्सीको ‘सेटिङ’मा बनाइएको फर्जी कागजात प्रयोग गरी नेपाली युवालाई भिजिट भिसामा अवैध तवरले विदेश पठाउने घटनामा कार्यालयका कर्मचारी नै संलग्न रहेको खुलेपछि विभागले यस्तो गर्न लागेको भए पनि गृहमन्त्री श्रेष्ठ भने मौन बसेका छन् ।
विभागका अनुसार शाखा अधिकृत तहको कम्तीमा ३५ कर्मचारी परिवर्तन गर्ने जनाएको छ । त्यस लगत्तै अन्य दर्ताका कर्मचारी पनि परिवर्तन गरिनेछ । विशेष गरी सरुवा भएपछि पनि थमौती गरेर पुनः सोही कार्यालयमै कार्यरत कर्मचारी पहिलो चरणमा हटाइनेछ । प्रहरीबाट पक्राउ परेका र पक्राउ हुने डरले फरार रहेका कर्मचारीको ठाउँमा तुरुन्तै नयाँ कर्मचारी खटाइने विभागले तयारी गरेको छ ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गर्न लागिएको जानकारी दिए । ‘विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सेट नै परिवर्तन गर्न लागिएको छ । यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । फर्जी कागजातमा नेपाली युवालाई विदेश पठाउने धन्दामा कार्यालयकै कर्मचारी संलग्न रहेको खुलेपछि यस्तो गर्न लागिएको हो,’ उनले भने ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अप्रेशनपछि विमानस्थलस्थित अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनलाई घुस दिने इन होलिडे ट्राभलका कर्मचारी पदम लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनले होलिडे ट्राभलका सञ्चालक सरोज यादवबाट यसअघि पनि चार लाख रुपैयाँ घुस बुझेको खुलेको छ । कर्मचारी खड्का नेकपा माओवादी निकट रहेका छन्। उनी सासु विमला केसी माओवादी पार्टीबाट केन्द्रीय सदस्य र प्रदेश कमिटी अध्यक्ष रहेकी छिन ।
सो धन्दामा अध्यागमन कार्यालयकै अर्का शाखा अधिकृत विमल पौडेल पनि संलग्न रहेको खुलेको छ । उनले पनि ट्राभल एजेन्सीबाट पटक–पटक गरी करोडभन्दा धेरै घुस रकम बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ हुने भएपछि अहिले उनी फरार छन । उनी पूर्व गृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा विमानस्थलस्थित अध्यागमन कार्यालय पुगेका थिए । पौडेल यसअघि न्यौपानेको निजी सचिवसमेत रहेका थिए । सरुवा पछि पनि न्यौपानेकै दबाबका कारण उनी पुनः विमानस्थलमै कार्यरत रहेका थिए ।
पौडेलसँगै विमानस्थलस्थित अध्यागमनका अर्का शाखा अधिकृत ताराबहादुर कुँवर पनि फरार छन । प्रहरीका अनुसार उनले पनि ट्राभल एजेन्सीबाट पटक–पटक घुस बुझेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अप्रेशनपछि फरार हुने कर्मचारी अरू पनि रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । उनी पनि माओवादी निकट रहेका छन् ।
फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारी पनि संलग्न रहेको खुलेको छ । धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत ४२ वर्षीय होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गसिकेको छ । प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राज किशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए । त्यस्तै, निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक ३० वर्षीय मनुराज चौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार