थानीले पदबाट राजीनामा दिएको ११ दिनपछि सरकारले आयल निगममा माग्यो कार्यकारी निर्देशक

नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १२:१८:५८

७ पुस, काठमाडौं । गत मंसिर २६ मा १५ महिना बाँकी छदै आयल निगमको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका उमेशप्रसाद थानीको ठाउमा सरकारले दरखास्त मागेको छ । १५ महिना कार्यकाल रहँदै थानीले किन नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिए भन्ने कुरा अझै खुलेको छैन् ।
थानीलाई सरकारले २०७८ फागुनमा तीनवर्षे कार्यकालका लागि नियुक्त गरेको थियो । उनले २१ महिना काम गरेर राजीनामा दिएका हुन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई आयल निगमा ल्याएका थिए । देउवाको जोडमा भएपनि उनी प्रतिस्पर्धाबाटै छानीएको हुन् । प्रतिपर्धामा सर्ट लिष्ट छानिएका उनलाई देउवा नेतृत्वको सरकारले नियुक्ति दिएको थियो ।
थानीले निगममाधेरै गडबढी गरेका कारण छानविन हुने डरले समय अगाडी र्नै राजीनामा दिएको निगमका कर्मचारीहरु बताउँछन् । उनको कार्यकालमा तेल चोरी देखि रातारात इन्धनको मूल्यमा फेरबदल गरेर पम्पहरुबाट कमिशन लिएको आरोप पनि लागेको थियो । दिलेन्द्रप्रसाद बडु उद्योगमन्त्री रहेका समयमा थानीले निगमभित्र निकै चलखेल गरेका थिए । उनले गरेका कमजोरी लुकाउन १५ महिना अगाडीनै राजीनामा दिएको चर्चा अहिले निगममा छ ।
थानीले राजीनामा दिएको ११ दिनपछि नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ । यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दरखास्त दिन भनिएको छ ।
आवश्यक योग्यता, अनुभव, पेस गर्नु पर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको छ । थप बुझ्नुपर्ने भएमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाको फोन नं. ०१–४२११४९९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
थानीको कार्यकालमा निगमभित्र धेरै चलखेल भएपनि ५० अर्ब रुपैयाँ ऋण घटाएका कारण अरु विषयमा छानविन भएको छैन् । थानीको कार्यकालमा निगम हाल नाफामा गएकाले उनको कार्यकालमा भएका अरु अनियमिता अहिले खोजि गरिएको छैन् । थानीले पद छाडेपछि निगम निमित्त कार्यकारी निर्देशकको सीए नगेन्द्र साहले काम चलाइरहेका छन् ।
निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि इच्छुक उम्मेदवारले अनुभव र योग्यताका कागजातसँगै स्वघोषणा पेस गर्नुपर्ने सर्त मन्त्रालयको छ । स्वघोषणामा राजनैतिक दलको सदस्य नभएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषधको कारोबार, पुरातात्विक वस्तु वा संरक्षीत वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अभियोग लागेको वा सजाय नपाएको हुनुपर्ने सूचनामा छ ।
यस्तै आफ्नो नाममा व्यक्तिगत सरकारी बेरुजु बाँकी नरहेको, प्रचलित कानून बमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको तीन बर्ष अवधि पूरा भएको, टाट नपल्टेको, बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको तथा दामासाहीमा नपरेको हुनु पर्नेछ ।
साथै नेपाल आयल निगम लिमिटेडसँग कुनै चल अचल सम्पत्ति सम्बन्धी कारोबारमा आफैं वा आफ्ना परिवारका कुनै सदस्यको संलग्नता नभएको र यस संस्थासँग कुनै पनि निजी स्वार्थ नभएको र विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको तथा अन्य कुनै प्रचलित नेपाल कानून बमोजिम अयोग्य नरहेको हुनुपर्ने मन्त्रालयको सूचनामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
आयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
९१ वर्षमा आँखाको ज्योति फर्किएपछि...
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज नाकाबाट केआईआईटीका १ सय ५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
९१ वर्षमा आँखाको ज्योति फर्किएपछि...
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज नाकाबाट केआईआईटीका १ सय ५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार