कसरी बन्याे 'सालार' भारतीय सिनेमाकै सबैभन्दा ठुलो ओपनर ?
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १४:२९:२९
६ पुस, मुम्बई । लामो समयको प्रतिक्षापछि २२ डिसेम्बरमा ‘सालारः पार्ट वान–सिजफायर’ सिनेमाघरमा रिलिज भएको थियो । प्रभास अभिनित यो फिल्मले पहिलो दिनमा दर्शकबाट अत्याधिक प्रतिक्रिया पाएको थियो र दर्शकको भीड सिनेमाघरमा जम्मा भएको थियो ।
यससँगै उद्घाटनको दिन ‘सालार’मा नोटको भारी वर्षा भएको छ । प्रभास अभिनित फिल्मले रिलिजको पहिलो दिन कति करोडको ओपनिङ गरेको छ भन्ने जानकारी गरौं ।
कति करोडमा ओपनिङ भयो त ‘सालार’को ?
यसअघिका धेरै फिल्मको खराब प्रदर्शनपछि प्रभासले ‘सालार’ मार्फत उत्कृष्ट कमब्याक गरेका थिए । यस अभिनेताको फिल्मलाई दर्शकले खुल्ला हातले स्वागत गरेका छन् ।
यो एक्सन थ्रिलरको क्रेज फ्यानमा यति धेरै थियो कि पहिलो दिन नै चलचित्र हेर्न हलमा दर्शकको लामो लाइन देखिएको थियो भने प्रशान्त नीलको निर्देशनमा बनेको यो चलचित्रको सामाजिक सञ्जालमा निकै प्रशंसा भएको थियो । अब ‘सालार’ को रिलिजको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्याङ्क आएको छ ।
सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले ‘सालार’ ले रिलिजको पहिलो दिनमा ९५ करोडको ओपनिङ गरेको छ। यद्यपि यी प्रारम्भिक तथ्याङ्क हुन्, आधिकारिक तथ्याङ्कको आगमन पछि केही परिवर्तन हुन सक्छन। र, यो भारतीय सिनेमाको इतिहासमा नै अहिलेसम्मकै सबैभन्दा बढी र आश्चर्यजनक ओपनिङ पनि हो ।
‘सालार’ ले रिलिजको पहिलो दिन ९५ करोडको ओपनिङ गरेर पठान, जवान, डंकीलगायत धेरै फिल्मको रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । योसँगै प्रभासको फिल्म यो वर्षकै सबैभन्दा ठूलो ओपनर बनेको छ । यी फिल्मको पहिलो दिनको कलेक्शनको बारेमा कुरा गर्दै सकनिल्को रिपोर्टले जनाएको छ ।
सालारले पहिलो दिन ९५ करोडमा ओपन गरेको छ भने शाहरुखको जवानको पहिलो दिनको कमाई ६५.५ करोड रुपैयाँ थियो भने शाहरुखकै पठानले पहिलो दिन ५५ करोड कमाएको थियो । यसैगरी रणवीर कपुरको एनिमलको पहिलो दिनको कमाई ५४.७५ करोड थियो भने प्रशान्त निलकै केजीएफ च्याप्टर– २ ले ५३.५ करोड रुपैयाँ संकलन गरेको थियो ।
पान इन्डिया फिल्म ‘सलार’ लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । यस फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन र श्रुति हसन, जगपति बाबु रेड्डीलगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार