प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेशलाई एक सय ३० रनको चुनौती
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार ११:४३:५०
८ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।
कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् ।
त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् ।
त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् । मधेश प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार