देउवालाई ओलीको प्रस्तावः १३ सीट लानु, ७ सीट दिनु
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १२:२३:४७
८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्यको प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका एक नेताले एमालेले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेको बताएका छन् । कांग्रेसले एमालेको प्रस्ताव स्वीकार गरेमा यो सत्ता गठबन्धन तत्काल विघटन हुने सम्भावना रहन्छ ।
आइतबार बिहान प्रमुख दलको तीन नेताहरुको बेठक बालुवाटारमा बसेको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उमालेका अध्यक्ष केपी शर्मा ओली थिए । देउवाले साथमा नेता रमेश लेखकलाई पनि लगेका थिए । बैठकबाट ओली निस्किएपछि प्रधानमन्त्रीले देउवासमक्ष हिजोको विषयमा के निर्णय भयो भनेर सेधेका थिए ।
देउवाले यसअघिको गठबन्धनका शीर्ष नेताको बैठकमा नै ओलीको प्रस्तावबारे सामान्य जानकारी गराएका थिए । देउवाले प्रस्ताव सुनाएपछि गठबन्धनका नेताहरुले ओलीको मजाक यस्तै हो । तपाइलाई राम्रो प्रस्ताव आएको रहेछ । के गर्नुहुन्छ । चाडै निर्णय लिनुहोला भनेका थिए । देउवाले कांग्रेसका सीमित नेताहरुलाई पनि ओलीको प्रस्ताव सुनाएका छन् । ती नेताले भने अरु नेतासँगको छलफलमा १३ सीटको लोभ गर्दा सवै भतभुंग हुन्छ भनेका थिए ।
राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० राष्ट्रियसभा सीटमध्ये एमालेले कांग्रेसलाई १३ सीट लिन प्रस्ताव गरेको हो । बाँकी ७ सीट एमालेले लिने प्रस्ताव छ । एमाले र कांग्रेस मिल्दा राष्ट्रियसभाका रिक्त १९ सीटमै अरू दलको सम्भावना हुँदैन । राष्ट्रपतिबाट मनोनीत हुने सीट भने मन्त्रिपरिषद्को सिफारिस बमोजिम मात्र हुन्छ ।
एमालेले राखेको प्रस्ताव कांग्रेसको लागि गठबन्धनबाट प्राप्त हुने सीटभन्दा आकर्षक र लाभदायक भए पनि देउवाले उक्त प्रस्ताव स्वीकार नगरेको ती नेताले बताए । एमालेको प्रस्ताव मान्दा कांग्रेसलाई कम्तीमा ४ सीट फाइदा हुन्छ । तर, गठबन्धनको एकता तोड्न नसकिने कांग्रेस सभापति देउवाको अडान छ । कांग्रेसले गठबन्धनबाट ९ देखि १० सीट लिने दावी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार