‘माधव नेपालको नजरमा एमालेको नेतृत्व झन कमजोर’
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १३:८:३६
८ पुस, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवाय बैठक चलिरहेका बेला अध्यक्ष माधव नेपालले भदौ २८ गते जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) सच्याएर जारी गरेका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालसहित पार्टीका धेरै जसो नेताहरू कार्य विभाजनप्रति असन्तुष्टि जनाएपछि रोकिएपछि सचिवालय बैठक चलिरहेका बेला अपानी जारी गरेका हुन् ।
अपानी जारी गर्दा भएको विवादपछि रोकिएको अपानी तीन महिनापछि नेताहरूबीच सहमति गरेर मनोनयन र कार्य विभाजनसहित सच्याएर अपानि जारी भएको बताइएको छ । माधव नेपालको हस्ताक्षर भएको अपानीमा पछिल्लो समय दक्षिणपन्थी र पुनरुत्थानवादी शक्तिहरूको सक्रियता बढ्दै गएको बताएका अध्यक्ष नेपालले यसका कारण अहिलेसम्म देशका उपलब्धि पनि धर्मराउने अवस्था आएकोमा चिन्ता जनाएका छन् । उनले एकपछि अर्को जटिलताका कारण नागरिकहरू पनि राज्यसँग विश्वस्त हुन नसक्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।
संघीय निर्वाचन क्षेत्रमा केन्द्रित गरेर भौगोलिक कार्य विभाजन गर्ने केन्द्रिय कमिटीको सोचअनुसार कार्य विभाजन गर्दा र कतिपय दोहोरो जिम्मेवारीबारे उठेका प्रश्नलाई समाधान गर्ने हिसाबले नयाँ व्यवस्था गर्दा त्यसलाई बढाइचढाइ गरेर विरोध गरेको अपानीमा उल्लेख छ ।
जारी भएको अपानीमा कार्यविभाजनको विषयमा उठेका कतिपय प्रश्नलाई ध्यान दिँदै त्यस अपानीलाई फिर्ता गर्ने र साविकको कार्यविभाजनलाई सामान्यतया यथावत राखेर कार्य विभाजन गर्ने र नयाँ अपानी जारी गरेको छ । साथै जारी अपानीमा नेकपा एमालेको वैचारिक नेतृत्व कमजोर भएको तथा त्यसले वामपन्थी नेतृत्व गर्न नसक्ने पनि उल्लेख गरिएको छ ।
‘नेकपा एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद विघटनपछि त्यसको नेतृत्वमा झन् बढि वैचारिक, सैद्धान्तिक र साङ्ठानिक समस्याहरूमा जेलिँदै गएका छन् र समग्र पार्टी दक्षिणपन्थी व्यक्तिपूजाको शिकार हुँदै गएको छ । कतिपय सैद्धान्तिक कारणले नेकपा माओवादी केन्द्रले अहिलेको राजनीतिमा हस्तक्षेप गर्ने गरी एक्लै पहलकदमी लिन सक्दैन ।
यस परिस्थितिमा वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति हाम्रो पार्टी नेकपा एकिकृत समाजवादी नै हो’, अपानीमा भनिएको छ । गत असोज १४—२८ मा पार्टीले आयोजना गरेको ‘समाजवादी जागरण अभियान’ का दौरानमा अहिलेका समस्या र तिनको समाधानबारे सार्वजनिक रुपमा हामीले राखेका धारणाहरूमा देखिएको जनसमर्थनले पनि त्यसलाई पुष्टि गरेको पनि जनाएको छ । ‘हामीले लिएको वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका आधारमा शक्तिशाली पार्टी निर्माण गर्नु आज हामीमाथि आइ परेको कार्यभार हो ।
हाम्रो कम्युनिष्ट आन्दोलनमा अहिले चुनौती थपिएको छ, स्वयं हाम्रो पार्टीका सामु अनेकौँ चुनौती छन् । तर हरेक क्रान्ति अनेकौँ असफलता र कमजोरीको सामना गर्दै शक्तिशाली हुँदै जान्छ । आज समग्र राजनीतिमा, कम्युनिष्ट आन्दोलनमा र हाम्रो आफ्नै पार्टीमाथि देखिएका चुनौतीलाई हामीले अलग—अलगरुपमा होइन बरु समग्रतामै बुझ्नु पर्छ । अर्थात् जुन चुनौति हाम्रो पार्टीमा छन् तिनै चुनौती मुलुकको राजनीतिमाथि देखा परेका चुनौति हुन् ’, अपानीमा भनिएको छ ।
अपानिमा भनिएको छ, जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो । त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप–प्रत्यारोपमा नउत्रिन पार्टी पङ्क्तिलाई निर्देशित गर्छ । यसैगरी ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्न निर्देशन दिएको छ । यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोगलाई दृष्टिगत गर्दै पार्टीका नेता कार्यकर्तालाई अङ्गदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार