भुकम्प प्रभावितका लागि सशस्त्रका १६ अस्थायी टहरा
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १३:३१:०
८ पुस, काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भुकम्प प्रभावितका लागि हाल सम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणी गाउंपालिकामा ७ वटा निर्माण गरिएका छन् ।
बिशेष गरि एकल महिला , अपांगता भएका , बृद्ध अबस्थाका , बिरामी , विपन्न र सुत्केरीको बर्ग विभाजन गरि उनिहरु लक्षित अस्थायी आवास निर्माण गरिएको हो । सो अनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको ४, बृद्ध अबस्थाको ३ , बिरामीको ३ र विपन्न तथा सुत्केरीको लागि १÷१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिबेणि गाउंपालिकामा अस्थायी रुपमा बस्ने गरि तैनाथ गरिएको छ । यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने छ ।
यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला बिपद् व्यवस्थापन समिती संगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भुकम्प पिडितको पहिचान गरि फौज परिचालन गर्ने योजना रहेको छ ।
यता भुकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रीत गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने , भत्किएका विद्यालय तथा स्थानियको घरको भग्नाबशेष हटाउने तथा चर्किएको घरहरू भत्काउने कार्यलाई तिब्रता दिएको समेत सह प्रवक्ता डीएसपी थापाले बताए ।
जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन् । यस्तै भेरी नगरपालिकामा १ सय , नलगाड नगरपालिकामा १ सय १८ ,र कुशे गाउँपालिकामा २५ स्थानका भग्नाबशेष हटाइएका छन् । चर्किएका ८ वटा घर समेत भत्काइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार