भाइबर मार्फत बससेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक पाइने
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १४:२७:१८
८ पुस, काठमाडाैं । विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सय जनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।
अफरमा नेपालका कुनैपनि गन्तव्यका बस टिकट काट्दा भाग्य शाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ ।
यो सँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरकोबीचमा केही महिना अगाडि मात्र साझेदारी भएको थियो ।
अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ । हामी नेपालको सार्वजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनिय बनाउन सफल हुनेछौँ ’ ।
यो अफरका विषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झना योग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ’ ।
राकुटेन भाइबर विश्श्वको अग्रणी संचार संस्था हो, जसले विश्वका आम मानिसलाई जोड्ने काम गर्दछ । बससेवा नेपालको एक मात्र बस टिकटिङ्ग संस्था हो । जसबाट नेपालका कुनैपनि गन्तव्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार