लोकतान्त्रिक गणतन्त्रप्रति जनताको अटुट विश्वास रहेपनि नेताको व्यवहारप्रति असन्तुष्ट छनः ओली
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १४:४४:४२
८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्था रक्षा गर्नका लागि जनता तयार रहेको बताएका छन् । उनले परिवर्तनका पक्षधर राजनीतिक दलहरूले आफ्नो सिद्धान्त र व्यवस्थाको रक्षाका लागि दह्रोसँग उभिनुपर्ने पनि धारणा राखेका छन् । उनले जनताले व्यवस्थाको नभइ नेताहरुको व्यवहारको विरोध गरेको बताए । लोकतन्त्रको पक्षमा जनताको अटुट विश्वास रहेपनि नेताप्रति नरहेको बताए ।
एमालेले गरेको बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले जनताले पश्चगामी भाष्य अस्वीकार गर्ने बताए । ’लोकतन्त्रप्रति जनताको असाधारण विश्वास छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ती जनता जे गर्न पनि तयार छ,’ उनले भने ।
जनताले गलत राजनीतिक भाष्यलाई अस्वीकार गरेको पनि ओलीको भनाइ छ । उनले अहिले पनि राणा शासन ठिक भन्ने व्यक्तिहरू भेटिए भन्दैमा त्यो व्यवस्था सही हो भनेर लाग्न नसकिने स्पष्ट पारे । ’अहिलेसम्म पनि कोही–कोही मान्छेहरू राणा शासन नै राम्रो थियो भन्ने भेटिन्छन् । कोही– कोही पञ्चायत राम्रो थियो भन्ने भेटिन्छन्,’ उनले भने, ’कोही–कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्छन् । तर यो संकल्प यात्राले राजनीतिक रूपमा गलत भाष्यहरूलाई अस्वीकार गरेको छ । तिनलाई निरर्थक र असान्दर्भिक बनाइदिएको छ ।’
अध्यक्ष ओलीले एमालेको संकल्प यात्राले सामाजिक सद्भाव, राष्ट्रिय एकता बिथोल्नका लागि गरिएका प्रयासलाई अस्वीकार गरिदिएको बताए । उनले व्यवस्थाका पक्षमा जनता स्पष्ट रहेको भन्दै राजनीतिक दलहरूले दह्रो खुट्टा टेक्नुपर्ने स्पष्ट पारे । उनले जनता ब्यवस्थको विपक्षमा नभएको बताए । जनताको नेताप्रति असन्तुष्टि रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार