एनसेल प्रकरणमा ओलीका कुरा !
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १९:३४:३२
८ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बेथिति गरेको छ भन्ने प्रश्न उठाउँदा ध्यान मोड्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीमा अनियमितता र बेथिति भएको कुराबाट ध्यान मोड्न एनसेलका व्यापारीलाई आफ्नो पनि चिनजान रहेको भन्ने कुरा अगाडि सारिएको भन्दै ओलीले असन्तुष्टि जनाएका हुन् ।
बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको सम्बृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले राज्यको सम्पत्ति डुबाउने खेल आफूलाई अस्वीकार्य हुने बताए । राज्यको सम्पत्ति केही व्यक्तिका फाइदाका लागि, केही व्यक्तिले फाइदा लिएर राज्यको सम्पत्ति डुबाउने काम रोकिनुपर्छ । संसदीय समितिमा र सार्वजनिक रूपमा पनि छलफल भइरहेको छ ।
उनले भने, लोकलाज त राखेर काम गर्नुपर्याे नि सरकारले । अब त कस्तो भयो भने तपाईंको सरकारले यस्तो बेथिति ग¥यो भन्दा त्यो बेथिति गर्ने व्यापारीलाई त केपी ओलीले पनि चिन्या छ नि भन्छ । केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन, चिन्छ नि त । बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर किन्ने व्यापारीको सिंगापुरस्थित घरमा केपी शर्मा ओली र शेरबहादुर देउवासँगै आफ्नो पनि बास भएको अभिव्यक्ति संसदीय समितिमा दिएका थिए । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्तिको ओलीले आलोचना गरेका हुन् ।
एनसेलका विषयमा सरकारी निकायहरूको विरोधाभाषपूर्ण भनाइ आएको प्रति पनि ओलीले असन्तुष्टि जनाएका छन् । उनले एनसेलको शेयर बिक्री भएको हो कि होइन भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए । कहिले बेचेको हो भन्छ, कहिले बेचेको होइन भन्छ संचार मन्त्रालयले । फेरि शेयर बेचिएको हो भन्छ । यस्तो खालको हुनुभएन,’ उनले भने । सरकारमा रहेका व्यक्तिहरूले मुलुकको ध्यान एकातिर मोडेर अर्कै काममा लाग्न नहुने ओलीको भनाइ थियो ।
ओलीले अहिले मध्यपहाडी लोकमार्ग ‘बैंसमा दाँत फुक्लिएको’ जस्तो देखिएको टिप्पणी गरे । साथै, उनले मध्यपहाडी लोकमार्गसँग जोडिएका कुराहरू राम्रो हुनुपर्ने बताए । यसको उठान र निर्माणसँग जोडिएका सबै कुराहरू राम्रो हुनुपर्छ । मध्यपहाडी भेगको जीवनलाई, जवानीलाई । अहिले बैंसमा दाँत फुक्लिएको जस्तो भएको छ । त्यसलाई जोगाउने हो भने विकासका पूर्वाधार तयार गर्नेदेखि लिएर त्यहाँका हार्डवेयर बनाउने काम गर्नुपर्छ, उनले भने ।
ओलीले थपे, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का सन्दर्भमा प्रचण्ड र देउवासँग पनि कुरा भएको थियो । गठबन्धन, सरकार र प्रधानमन्त्रीसँग गर्नुपर्ने थुप्रै कुराहरू छन् । त्यहाँका जनता र भूगोलले मागेका कुराहरू धेरै छन् । समय मिलाएर म कुरा राख्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार