लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १६:४१:१
८ पुस, बुटवल । लुम्बिनीमा सरकार गठन भएको ८ महिनापछि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । विवादकाबीच मुख्यमन्त्री चौधरीले मन्त्री थपेका हुन्
प्रदेश प्रमुख अमिक शेरचनले आइतबार बाँकेको निर्वाचन क्षेत्र नं. १(१) बाट निर्वाचित माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास र प्यूठानको निर्वाचन क्षेत्र १(२)बाट निर्वाचित सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका छन् ।
वैशाख १४ गते ३ सदस्यीय मन्त्रीपरिषद् बनाएका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गर्दै ७ सदस्यीय बनाएका थिए । १० मन्त्रालय रहेको लुम्बिनीमा आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राखेका छन् ।
मन्त्रिपरिषद् विस्तारमा कांग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्रीमा अघि सारेका थिए । तर, मुख्यमन्त्री चौधरीले संस्थापन इतर पक्षको भनाइ मानेनन् ।
लुम्बिनी प्रदेशमा यसअघि माओवादीबाट धनबहादुर राना अर्थमन्त्री, लोसपाका सन्तोषकुमार पाण्डे गृह मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भुमी व्यवस्था मन्त्री, जनतमका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार