नेप्से आज पनि ओरालो
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १८:४:१
८ पुस, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा सिमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ३३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता शेयर रू सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३० करोड ४३ लाख २८ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै, हाथवे इन्भेस्टमेन्ट रू २९ करोड ५० लाख नौ हजार पाँच सय ९४, सोनापुर मिनरल्स रू २८ करोड १९ लाख ४५ हजार सात सय, घोराही सिमेन्ट रू २२ करोड ५२ लाख २२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू १९ करोड तीन लाख ७२ हजार आठ सय बराबरको शेयर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योती लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ ।
हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ८५, आँखु खोला जलविद्युत कम्पनी नौ दशमलव १७ र हिमालयन डिस्टिलरीको शेयरधनीले छ दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार