श्रीराम मन्दीर अयोध्याका लागि जनकपुरधामबाट गहना पठाइँदै
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार ९:१५:२६
९ पुस, काठमाडौं । नेपालले अर्को महिना अयोध्यामा रहेको राम मन्दिरको उद्घाटन समारोहका लागि विभिन्न प्रकारका गहना, भाँडाकुँडा, लुगा र मिठाई पठाउने भएको छ ।
भगवान श्रीरामको ससुराली जनकपुरधामबाट धार्मिक सरसमानमान पठाउनका लागि जनकपुरधाम-अयोध्या धाम यात्राको आयोजना गरिने भएको छ ।
जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले सो धाम यात्रा १८ जनवरीबाट सुरु भई जनवरी २० मा समापन हुनेछ र सोही दिन जनकपुरधामवाट लगिएको सामग्री श्री राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गरिनेछ । अयोध्यामा सो राममन्दिरको अभिषेक समारोह जनवरी २२ मा हुँदैछ ।
जनकपुरधामबाट सुरु भएको यात्रा जलेश्वरनाथ, मलंगवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज, बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै उत्तर प्रदेशको अयोध्या पुग्नेछ ।
यसअघि नेपालको कालीगण्डकी नदी किनारबाट सङ्कलन गरिएको शालिग्राम ढुङ्गालाई रामको मूर्ति बनाउन अयोध्या पठाइएको थियो, जसलाई उद्घाटनको दिन मन्दिरमा स्थापना गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार