धर्मका नाममा राजनीति, मन्त्री किरातीको अराजकता
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १०:१२:४१
यज्ञप्रसाद भट्टराई
९ पुस, काठमाडौं । पछिल्लो समय नेपाली समाजमा संस्कृति मन्त्रालय सम्हालेका माननीय मन्त्री सुदन किरातीको धर्म र संविधान सम्बन्धित अभिव्यक्तिका कारण तरंगित बनेको छ । सार्वजनिक समारोहमा तथ्य र प्रमाणको हवाला दिदै व्यक्त गरेको बिचारप्रति आम नेपाली जनताले भने विश्वास गरेको पाइएन । नेपालमा बहुसंख्यक नेपालीहरु हिन्दू रहेको र नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भनेर नेपाली जनताहरु सडकमा उत्रिसकेको अवस्थामा किरातीको यो अभिब्यक्तिलाई सामान्य अर्थमा मात्रै लिन भने सकिदैन ।
बिगतमा नेपालमा माओवादी जनयुद्ध शुरुआत हुनुको यथार्थलाई मलजल पुग्नेगरी किरातीको अभिब्यक्तिले थप पुष्टि भने गरेको देखिन्छ । कोही कोही बिश्लेषकहरु प्रचण्डकि नातिनिको बिवाहको बिषयलाई बिषयान्तर गर्न किरातीको यस्तो अभिब्यक्ति आएको हो भन्ने पनि तर्क गर्छन् तर मेरो बिचारमा यो अभिव्यक्ति पशुपति क्षेत्र बिकास कोषमा गैर हिन्दू छिराउन र भारतले नेपालमा कतै हिन्दू राष्ट्र बनाउन चलखेल त गरिरहेको छैन ? भन्ने आशंकामा स्वयं प्रचण्डकै ईशारामा भारतलाई साइजमा राख्न प्रचण्डद्वारा प्रेसित लिखित बक्तब्यका रुपमा आएको अभिव्यक्ति हो भन्ने लाग्छ ।
बिगतमा नेपाल हिन्दू अधिराज्य थियो । ८० प्रतिशत भन्दाबढी हिन्दूहरुको बशोबास भएको नेपालमा त्यति सजिल्यै कृष्टियनहरुको गुलाम बन्लान भन्ने आधार पनि देखिदैन । पद, पैसा र प्रलोभनको सिकार बनेका नेपालका बर्तमानका राजनीतिक नेतृत्वलाई किनेर बिदेशीहरु त्यसमा पनि बिशेषगरी पश्चिमा मुलुकहरु नेपालमा धार्मिक द्वन्द्व मच्चाउन खोजिरहेको तर्फ भने हामीले अन्देखा गर्नु भुल हुनेछ ।
नेपालमा हिन्दू धर्मलाई जनआन्दोलनको बलमा पुनर्स्थापित प्रतिनिधिसभाले हटाउन नसकेपछि कसरी नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने भन्ने विषयमा पश्चिमा मुलुकहरु सोचिरहेका थिए तर उनिहरुले सोचेभन्दा सजिलो गरि नेपालका राजनीतिक दलहरुले नेपाली जनताको भावना र चाहना बिपरित संबिधानसभा नामको संस्थाको आडमा सनातन हिन्दू राष्ट्रलाई अपदस्थ गरेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाए देखिनै नेपालीहरुले पश्चिमा मुलुकबाट अब नेपालमा धार्मिक द्वन्द्व मचिन्छ भनेर लख काटिसकेका थिए ।
नेपाली जनताले गरेको अनुमान सहि निस्किएपछि पछिल्लो समय नेपालमा नेपाललाई पुनः हिन्दू राज्य कायम गराउन भन्दै विभिन्न आन्दोलनहरु चल्दै आइरहेका छन् । यश आन्दोलनमा नेपाली जनताको स्वतस्फूर्त देखिएको बाक्लो सहभागिताले पश्चिमा मुलुकबाट सञ्चालित राजनीतिक दलहरुको भालेसातो भने उडाएको देखिन्छ । यसका साथै नेपाललाई हिन्दू राष्ट्र बनाउन भारत पनि भित्री रुपमा सहभागी भएको हुनसक्ने आशंका बर्तमानका राज्य सञ्चालकहरुलाई परेको देखिन्छ ।
यदि भारतले पनि साथ दियो भने नेपालमा पुनः हिन्दू राष्ट्र कायम हुनसक्ने आशंकामा स्वयं प्रधानमन्त्रीले नै पर्यटन तथा संसकृति मन्त्री मार्फत भारतलाई तर्साउन र साइजमा राख्न किरातीको यो अभिव्यक्ति आएको त हैन ? भनेर प्रश्न उठन थालेको छ । अर्कोतर्फ देशमा देखिएको राजनीतिक बिचलन, भ्रष्टाचार र तस्करीका कहालिलाग्दो अवस्थाले नेपाली जनतामा राजनीतिक दलहरुप्रति देखिएको बितृष्णा, बिरोध र आन्दोलनको स्वरुपलाई बिषयान्तर गर्न पनि यो अभिव्यक्ति आएको हुनसक्ने अनुमान गर्न सकिने प्रसस्तै आधारहरू भेटिन्छन् ।
विमानस्थलमा करोडौँको घोटाला हुँदा चुँइक्क नबोल्ने, राष्ट्रिय ध्वजावाहक विमानमा भ्रष्टाचार भएको खबरमा चासोसमेत नराख्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराज भेटिदा समेत त्यसको खोजजिनीति नगर्ने, प्रधानमन्त्रीको सवारीमा ३१ जना यात्रुलाई छाडेर राष्ट्रिय ध्वजावाहक विमान उडाउँदा मुख नखोल्ने, जानकी मन्दिरको टायल र बत्तीमा भ्रष्टाचार वारे धेरै पटक समाचार आउँदा सुनेको नसुन्यै गर्ने,यस्ता अनगिन्ती बिषयमा कानमा तेल हालेर बस्ने मन्त्री किराती कुनै एक धर्मको प्रचार गर्दै बोल्दै हिडेको भने कत्ति पनि नसुहाउने विषय बनेको छ ।
देशको संस्कृति मन्त्रालय समेत सम्हालेर बसेको जिम्मेवार मन्त्रीले क्रिश्चियनलाई मान्दिन भन्नु चैं संविधानलाई मान्दिन भन्नु हो भनेर कुनै एक धर्मलाई देशको संविधानसँग लगेर जोडनु आफैमा गलत कुरा हो । यसैगरी संविधान मान्दिन भन्ने देशद्रोही हुन् भनेर नेपाली जनतालाई तर्साउने, धम्क्याउने र धर्मका नाममा धमिलो पानीमा माछा मार्न खोजेको देखिन्छ । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने हो,जेल हाल्दिने हो भन्दै धार्मिक शहिष्णुतामा बीस बिजारोपण गर्न खोज्नु स्वयं मन्त्रीकै अराजकताको पराकाष्ठा हो । त्यसैले संस्कृति मन्त्री सुधन किरातीले तत्काल मन्त्री पदबाट राजिनामा दिनुवर्छ भनेर सडकमा नेपाली जनताको चर्को आवाज र दवाव परिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना प्रविधि क्षेत्रका प्रगति र चुनौती
बैशाख २०, २०८१ बिहिबार
सूचना तथा सञ्चार प्रविधि दिवस प्रविधिबाट प्रभावित बन्दै ‘सन्देश’ निर्माणको प्रक्रिया
बैशाख २०, २०८१ बिहिबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार