आरती साहका पति मोतीबाबु फेरी जनकपुरबाट पक्राउ
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १३:२:११
९ पुस, जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
उनलाई आवश्यक प्रक्रिया पु¥याएर थुनामा पठाइने एसपी शर्माले बताए । गत मंसिर २० गते सर्वोच्च अदालतले आरती साहका पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी आरती साहको शव गत ७ जेठमा घरमै झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको माइती पक्षले छोरीको हत्या भएको भन्दै पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीविरुद्ध जाहेरी दिएका थिए ।
त्यसपछि जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर १८ असोजमा उच्च अदालत जनकपुरले पति र ससुरा दुबै जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । आरतीको माइतीपक्षले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले पतिलाई थुनामा पठाउन र ससुरालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार