काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै मेसु पंगेनी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १९:८:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/pangeni_SMakxtvNGw_FgDwxyNLpM.jpg)
इकबाल अहमद
९ पुस, इनरुवा । सुनसरीको दर्जनबढी स्थानीय निकायका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले स्थापीत इनरवा अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई थप बिस्तार गर्दै सेवा ग्राहीलाई थप सहजताको व्यवस्थापन गरेको छ ।
अस्पतालकी मेसु डाक्टर श्रेया पंगेनीका अनुसार इनरुवा र आसपासका क्षेत्रहरूमा महिलामा देखिएका समस्याहरू समाधानका लागी गाउँ गाउँमा गइ सेवा दिने सुरुवात गरिएको हो ।
इनरुवा अस्पतालको सेवा विस्तारमा निरन्तर लागिरहेकी मेसु पंगेनीले विगतभन्दा थप सेवासुविधा सन्चालन गरिएको जानकारी दिइन । उनले इनरवा अस्पतालको सेवा अन्तर्गत पन्ने क्षेत्रहरूमा गाउँ गाउँ पुगी सेवाग्राहीहरुलाई सेवा दिने कार्य थालनी भएको जानकारी गराइन ।
सुनसरीको ग्रामिन क्षेत्रमा महिलाहरूमा देखिएका समस्याहरू समाधान का निम्ति अहिले एक फरक कार्यक्रम लिएर आफनो टोली गाउँ गाउँ पुगिरहेको उनले बताइन ।
एकदिन अघिमात्र सुनसरीको कोशी गाउँपालिका अन्तर्गतकाे कुमयाहिमा प्रसुतीसँग सम्बन्धित महिलाहरूको समुहलाई लक्षित गरी कार्यक्रम समेत समपन्न गरीएको छ । यो कार्यक्रम आवश्यक विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा निरन्तर सन्चालन हुने मेसु पंगेनीले जानकारी दिइन ।
इनरुवा अस्पतालको उक्त कार्यक्रमले कोशी गाउँपालिका क्षेत्रमा जनचेतना फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको र आफ्नो गाउँपालिका क्षेत्रमा महिलाहरूको समस्या समाधानका लागी भुमिका निर्वाह गरेको प्रती कोशी गाउँपालिकाका अधयक्ष ऐयुब अन्सारीले इनरुवा अस्पताल र मेसु पंगेनीलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
यता मेसु पगेनीले आवश्यक हरेक क्षेत्रमा इनरवा अस्पताल सेवा दिन सक्षम रहेकोले आवस्यक्ता अनुसार कार्यक्रमलाई निरन्तरता दिने बताइन । उनले हाल इनरुवा अस्पतालमा बिगतको भन्दा थप सेवा सुबिधा थपिएका कारण सेवाग्राहीहरु सन्तुष्ट रहेको समेत बताइन ।
हाल विगतमा नहुने गरेका सेवाहरु आफु आए पश्चात् व्यवस्थापन गर्दै सेवाग्राहीहरुलाई इनरुवनबाट बाहिर गइ सेवा लिने झन्झटबाट मुक्त गराएको उनको कथन छ । विगतमा नरहेको सेवाहरु युरीन कल्चर र पस कल्चर सगै डेन्टल सेवामा थप सेवा बिस्तार र भिडिओ एक्सरेको सेवामा समेत थप समय अवधि थपी सेवाग्राहीहरुलाई सेवा दिने कार्य प्रारम्भ भएको उनले बताइन ।
बिमाको औषधि वितरण व्यवस्थापन समेत एक साता भित्र गरीने बताउँदै मेसु पंगेनीले बिगतको तुलनामा अस्पतालको सेवाले फर्को मारेकै कारण नेपाल सरकारको न्यूनतम् सेवा मापदण्डको सुचिमा इनरुवा अस्पताल ७९ प्रतिशत अक ल्याउन सफल भएको उनले बताइन गत बर्ष इनरवा अस्पताल सरकारको मापदण्डमा ७० प्रतिशतमात्र अक ल्याउन सफल भएको थियो ।
सेवा विस्तारको क्रममा चाँडै बाल रोग विशेषज्ञको सेवा समेत इनरुवा अस्पतालबाट उपलब्ध गराइने बताउँदै मेसु पंगेनीले आफ्नो कार्यमा सबै सरोकारवालाहरुलाई साथ सहयोग र सुझावका लागी अनुरोध गर्दै अस्पताललाई बदनाम गराउन सक्रिय रहेको गिरोहका पछि नलाग्न समेत आग्रह गरिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार