‘फाष्टट्याक’ निर्माणको सेनाको भूमिकामाथि प्रश्न उठ्दा आयोजना प्रमुख परिवर्तन
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १०:५:५२
१० पुस, काठमाडौं । ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माणमा पनि प्रश्न उठेका बेला सेनाले पनि आफ्ना जिम्मेवारी हेरफेर गरेको छ । नेपाली सेनालाई २०७४ वैशाखमा काठमाडौँ–तराई दु्रतमार्ग निर्माणको जिम्मा दिइएको तर त्यसमा जताततै प्रश्न उठेपछि जिम्मेवारी हेरफेर गरेको हो ।
सैनिक जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखको जिम्मेवारी दिएको हो । सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई ल्याएर जिम्मेवारी हेरफेर गरेको हो । पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेको र उनी अनुभवि रहेको भन्दै त्यहाँ ल्याएको हो । सेनाले जिम्मेवारी पाएयताका ६ वर्षमा प्रगति भने २८.५६ प्रतिशत मात्र देखिएको छ । अरू कसैले निर्माण सम्पन्न गर्न नसक्ने ठानेर सरकारले यो जिम्मेवारी सेनालाई दिएको हो ।
यसको धीमा गतिलाई लिएर संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गत साता छलफल चलाएको थियो । छलफलमा भाग लिँदै प्रधानसेनापति प्रभुराम शर्माले ढिलाइबारे केही तर्क अघि सारेका छन् । समयमा कानुन निर्माण नहुने र प्रक्रियागत ढिलाइलाई लिएर उनले यसमा प्रश्न गरेका छन । यो निर्माण ढिलो हुनुको दोष सेनालाई दिन खोजिएको पक्कै होइन । तर सेना जस्तो मुलुकको विश्वसनीय संस्थाले लिएको जिम्मेवारी समयमा पूरा हुन नसक्नु आफैँमा विडम्बनापूर्ण अवस्था हो । तर सेनाले काममा ढिलाई हुनुमा सेनाको मात्रै दोष नरहेको बताउदै सरकारसमेत जिम्मेवार हुनुपर्ने जनाएका हुन् ।
सेनाले जिम्मेवारी पाएको ७१ किलोमिटर लामो द्रुत मार्गका निम्ति १३ वटा प्याकेज बनाइएको छ । त्यसमध्ये ६ वटाको ठेक्का अझै लागेको छैन । द्रुत मार्गको काममा ढिलाइ हुनुको दोष कुनै एउटा निकायलाई मात्र दिएर पुग्दैन । वास्तवमा विकास निर्माणमा हुने यस्तो ढिलाइपछाडि संरचनागत समस्या देखिएको जनाएका थिए । ‘राजाको काम, कहिले जाला घाम’ जस्तो स्थिति हो यो । अन्यथा, कुनै पनि ठूला आयोजना निर्माणका क्रममा ढिलाइ हुन नदिन सबै सरोकारवाला निकायले उत्तिकै चासो दिनुपर्ने हो । नेपाली सेनाले यो काम फत्ते गर्न सक्छ भनेर दिइएको हो भने यसबीचमा किन ढिलाइ हुने अवस्था आएको हो ? सरकारका अन्य संरचनाको असहयोगका कारण यस्तो भएको हो भने बेलैमाथि यी अल्झन हटाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुपर्ने थियो ।
द्रुतमार्ग पनि विगतका अन्य ठूला आयोजना जस्तै समयमा पूरा गर्ने भनेर सुरु भएको हो । दुई खर्ब ११ अर्ब ९३ करोड लागत अनुमान गरिएको यो आयोजना २०८१ सालमै सम्पन्न गरिसक्ने लक्ष्य भए पनि सेनाको आग्रहमा २०८३ चैतसम्म यसको म्याद बढाइएको छ । यो आयोजना पनि विगतका अन्य आयोजना जस्तै मुलुकभित्रका संरचनागत अन्योलका कारण अलमलमा पर्ने निश्चित देखिएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानसेनापति शर्माले काठमाडौं तराई द्रुत मार्ग आगामी तीन वर्षमा नसकिने बताइसकेका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले काम गर्न विद्यमान कानुन नै बाधक बनेको तर्क गरेका थिए । झन्झटिलो कानुनकै कारण ठेक्का प्रक्रिया, रुख कटान र जग्गा अधिग्रहण गर्न नसकिको उनको भनाइ छ । प्रधानसेनापति शर्माले द्रुतमार्ग निर्माणमा ढिलाइ हुनुमा विस्फोटक पदार्थ आयात हुन नसक्नुलाई पनि एउटा कारण भनेका छन् । भारतबाट मागअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो गरी मात्रै आपूर्ति भएको प्रधानसेनापति शर्माको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार