शाहरुखको डंकीले पाँच दिनमा कमायो २११ करोड
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार ११:४०:१७
१० पुस, मुम्बइ । शाहरुख खानको फिल्म ‘डंकी’ सिनेमा घरमा धुम मचाइरहेको छ । यसै बर्ष रिलिज भएका शाहरूखको ‘जवान’ र ‘पठान’ जस्तै राजकुमार हिरानीको फिल्म ‘डंकी’ले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।
राजकुमार हिरानीले निर्देशन गरेको डंकीलाइ दर्शकले निकै माया दिइरहेका छन । यही कारणले गर्दा ‘डङ्की’ लाई विश्वभर नै मन पराइरहेको छ । शाहरुख खानको फिल्मले बक्स अफिसमा सुस्त सुरुवात गरेपनि अन्ततः ‘डङ्की’लाई विश्वभर निकै मन पराउन थालिएको छ ।
डंकीले विश्वभर २०० करोडभन्दा बढी कमाइसकेको छ । यो जानकारी शाहरुख खान र गौरी खानको कम्पनी रेड चिली इन्टरटेनमेन्टले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएको हो । रेड चिलीका अनुसार डङ्कीले विश्वभर हालसम्म २११.१३ करोड रूपैयाँ कमाइसकेको छ ।
डंकीमा शाहरुख खानसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी र अनिल ग्रोवर जस्ता कलाकार मुख्य भूमिकामा छन् । डंकी गत २१ डिसेम्बरमा हलमा रिलिज भएको हो ।
उल्लेखनीय छ कि डंकीले पहिलो दिन भारतमा २९.२ करोड र विश्वभर ५८ करोड कमाएको थियो । दोस्रो दिन यो संख्या भारतमा २०.१२ करोड पुगेको थियो भने डङ्कीले विश्वभर १०३ करोड कमाएको छ । तेस्रो दिन भारतमा यो संख्या २५.५ करोड पुगेको जनाइएको थियो ।
फिल्मको बजेट १२० करोड रहेको बताइएको छ । शाहरुख खानले पहिलो पटक राजकुमार हिरानीसँग फिल्ममा काम गरेका हुन् । राजकुमार हिरानीले मुन्ना भाई एनबीबीएस, ३ इडियट्स, पीके र सञ्जु जस्ता ब्लकबस्टर फिल्म बनाइसकेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार