रुसी सेनामा संलग्न करिब १०० जना नेपाली हराइरहेको र घाइते भएको भन्ने उजुरी आएको छः परराष्ट्रमन्त्री
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १५:३२:१०
१० पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुस–युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान रहेको पनि बताएका हुन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीलाई सहभागी गराइएकोबारे त्यहाँको सरकारलाई चासो राखिएको बताए । ’रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्,’ उनले भने, ’यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरू रुसी सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’
रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । ’करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने ।
सरकारले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरिएको पनि साउदले जानकारी दिए । उनले दक्षिण एसियाको भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको जानकारी दिए । उनले थप कोही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइएको बताए । सरकारले रुसी सेनामा नेपाली नागरिक सहभागी हुन नपाउन् भन्नका लागि सरकारले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको उनको भनाइ थियो ।
युक्रेनमा बन्दी बनाइएका नेपालीलाई नेपाल फर्काउन पहल भइरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । उनले भने, ’युक्रेनमा बन्दी बनाइकाका हकमा हामी युक्रेन सरकारको सम्पर्कमा छौँ । युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ । दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ । यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै, हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि सरकारले पहल गरिराखेको साउदले बताए । हमासले इजरायलमाथि आक्रमण गरेसँगै जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो। हमासले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ पढ्न गएका १० नेपाली विद्यार्थी मारिएका थिए भने जोशीलाई बन्धक बनाइएको थियो । ’विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु । अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
जेठ ९, २०८१ बुधबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार