स्याङ्जाका अगुवा कृषकले बेचे ६० लाखको सुन्तला
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १६:५६:१४
प्रकाश डोटेल
१० पुष, स्याङ्जा । स्याङ्जाका एक कृषकले यहि वर्ष (चालु सिजन) मै झण्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षिय फनीनारयाण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् ।
सिँचाई सुविधा भएको धानखेत मासेर त्रिपुत्र बागबानी फार्म मार्फत सुन्तला खेति गर्दै आएका कृषक अर्यालले गत वर्ष मात्रै करिब ६५ लाखको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा २२ सय सुन्तलाका बिरुवा लगाएका अर्यालले उत्पादन घटेका कारणले यो वर्ष झण्डै ६० लाखको सुन्तला बिक्री गरेका हुन् ।
७० मेट्रिकटन सुन्तला उत्पादन भएको बगैचाबाट प्रतिकिलो ८५ रुपैयाँमा सुन्तला बिक्री गरेको कृषक अर्यालले जानकारी दिए । । उनका अनुसार गत वर्ष ८५ मेट्रिकटन सुन्तला उत्पादन गरेर प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गर्दा झण्डै ६५ लाख आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १५ मेट्रिकटन सुन्तला उत्पादन घटेको उनले सुनाए ।
५० को दशकमा हुँदा खादाको वकिल (कानून व्यवसायी) पेशालाई छाडेर सुन्तला खेतिमा लागेका अर्यालले मनग्य आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन् । २०३६ सालबाटै सुन्तला लगाउन थालेका अर्यालले २०५५ देखि मात्रै व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्दै आएका छन् ।
“झण्डै ५० लाखको लागतमा ग्रेडिङ् (बर्गिकरण गर्ने) मेशिन जडान गरेर सुन्तलाको मुल्य अनुसार ठूला र साना छुट्टाएर बेच्ने गरेको छु ।” कृषक अर्यालले भने, “विगतमा पोखरा, काठमाडौं, चितवन र बुटवलमा पुगेर सुन्तला बिक्री गर्दै आएको थिए ।” पछिल्लो समयमा भने भाटभटेनी सुपर मार्केट मार्फत सुन्तला बिक्री गदै आएको उनले बताए ।
बगैचाको हेरचाह गर्न नियमित ५ जनालाई रोजगार दिएका अर्यालले सुन्तला पाक्ने समय (मंसिर, पुष र माघ) महिनामा झण्डै ४५ जनालाई रोजगार दिन्छन् । बगैचाको रेखदेख, गोडमेल र मलको व्यवस्थापन गर्दैमा वर्षभरिमा झण्डै २५ लाख लगानी हुने गरेको अर्यालले जनाए ।
पुष लागेपछि मात्रै आफ्नो बगैचाको सुन्तला बिक्री गर्दै आएका अर्यालले सुन्तला पाक्ने समयमा स्थानीय गाउँबाट झण्डै ४ करोड बराबरको सुन्तला खरिद बिक्री गर्दै आएका छन् । सुन्तलाको दाना अनुसार प्रतिकिलो ५० देखि ६० रुपैयाँमा सुन्तला खरिद गरेर उनले टिपेर, बर्गिकरण र ढुवानी गरेर प्रतिकिलो ७० देखि ८५ रुपैयाँमा बिक्री गरेको बताए ।
५ छोरी ३ छोराका पिता अर्यालले सबै सन्तानलाई उच्च शिक्षासम्मको शिक्षा प्रदान गरेका छन् । सबै छोरीको बिवाहदान भएको सुनाउँदै अर्यालले भने, “जेठो छोरा कृषि विषय (एजि) पढन अष्ट्रलिया, माईलो छोरा डाक्टर (एमबिए) पढन अमेरिका र कान्छो छोरा ईन्जिनियरिङ् पढन भारत गएका छन् ।” संयोग भने यस्तो छ : ३ जना छोराहरु छात्रवृत्तिमै अध्ययनका लागि विदेश गएका हुन् ।
गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष भने उत्पादन घटेर १९ हजार ८७ मेट्रिक टनमा सिमित रहने अनुमान छ । गत वर्ष एक अर्ब ३८ करोड रुपैयाँको सुन्तला उत्पादन भएकोमा चालु वर्षमा एक अर्ब १४ करोड ५२ लाख रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।
यस वर्ष ४० प्रतिशत सुन्तला बिक्री भएको छ भने बाँकी ६० प्रतिशत सुन्तला बोटमै छन् । जिल्लामा सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेको छ । उत्पादनशील बगैँचाको क्षेत्रफल १ हजार ३ सय २० हेक्टर रहेको छ भने ८ सय ८० हेक्टर जग्गामा बेर्ना बगैँचा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार