नेपाल प्रहरीका २१ जवान सम्पर्कबाहिर, सात दिनभित्र हाजिर हुन निर्देशन
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १०:४६:२९
११ पुस, काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो ।
प्रहरीले आफूखुसी बाहिर बस्ने दाङका राजु चौधरी र मायाराम चौधरी, सल्यानका धर्मराज वली, रुपन्देहीका मिलन भट्टराई, उदयपुरका निर्जन थापामगर, संखुवासभाका यलम्बर राई, रौतहटका महेश साह, बागलुङका राजेन्द्र परियार, दैलेखका लोकेन्द्रबहादुर थापा, जाजरकोटका टोपबहादुर सिंह, डोटीका लक्ष्मणबहादुर थापा, मोरङका रन्जित कुमार राम र जाजरकोटका टेकबहादुर खड्कालाई हाजिर हुन भनेको छ ।
यस्तै पर्साका रम्भु राम, तेह्रथुमका सुदीप लिम्बु, ओखलढुंगाका विनोद बस्नेत, बर्दियाका प्रेम बहादुर चौधरी, मोरङका मुकेश कुमार मण्डल, दोलखाका रमेश पोखरेल, मकवानपुरका बुद्धबल तामाङ र काभ्रेका रुपक केसी छन् । अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार