‘अरे क्यानाम’ले पायो मिलियन भ्यूज
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार ११:३१:३७
१० पुस, बुटवल । गायक मोहन श्रेष्ठ र गायिका साहिमा श्रेष्ठको ‘अरे क्यानाम’ बोलको म्युजिक भिडियोले छोटो समयमै एक मिलियन भ्यूज नाघेको छ। अरे क्यानम म्युजिक भिडियो दुई साता अघि सार्वजनिक भएको हो।
गायक मोहन र गायिका साहिमा दाजु बहिनी हुन्। बुटवलबाट गायनमा प्रवेश गरेकी साहिमा अहिले चर्चित गायकको परिचय बनाएकी छन्। गायक मोहनको यो पहिलो म्यूजिक भिडियो हो।
प्रेमिल शैलीको सुमधुर स्वरको यस गीतमा अमर बान्तुको शब्द र राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। डान्सिङ भर्सनको यस गीतमा राज आचार्य, सजिना श्रेष्ठ साहिमा श्रेष्ठ र प्रकाश बस्नेतको अभिनय रहेको छ।
नबराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ। सुरेन्द्र बसेल सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायिका श्रेष्ठको युट्युव च्यानल ‘साहिमा श्रेष्ठ’ मार्फत सार्वजनिक भएको छ।
छोटो समयमै दर्शकको रूचीमा परेपछि गायक मोहन र साहिमाले गायनमा अघि बढ्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्। गायक मोहन श्रेष्ठले दर्शक श्रोताले रुचाइदिएकोमा धन्यवाद दिदै गीत संगीतको क्षेत्रमा फराकिलो ढोका खुलेको बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार