क्रिस्टियानो रोनाल्डो बने २०२३ मा धेरै गोल गर्ने खेलाडी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार ११:३३:४४
११ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ । ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा बर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० गोल सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् । रोनाल्डोले एक बर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो ।
यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । दुवैले ५२-५२ गोल गरेर यस सूचीमा दोस्रो स्थानमा रहेका छन् ।
हाल बायर्न म्युनिखमा शानदार फुटबल खेलिरहेका केनले यस बर्ष ५२ गोल गरेका छन् । केनले २०२३ मा बायर्नका लागि २५ गोल गरेका छन् भने इङल्याण्डका लागि ९ गोल गरेका छन् । त्यस्तै यस बर्ष उनले टोटनह्यामका लागि १८ गोल गरेका थिए । त्यस्तै एम्बाप्पेले फ्रान्सका लागि यस बर्ष १० गोल गरेका छन् भने पिएसजीका लागि ४२ गोल गरेका छन् ।
त्यस्तै यस सूचीमा तेस्रो स्थानमा नर्वेका इर्लिंग हालाण्ड रहेका छन् । हालाण्डले यस बर्ष कुल ५० गोल गरेका छन् । उनले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन् । यद्यपी हालाण्डले यस बर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ ।
त्यसैगरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस बर्ष ३७ गोल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै
असार १०, २०८१ सोमबार
नाक भाँचिएका एम्बाप्पेले मास्क लगाएर खेल्ने
असार ४, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार