एनिमलकी 'जोया' ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार ११:५३:१
११ पुस, मुम्बई । अभिनेत्री तृप्ती डिमरी यतिबेला आफ्नो फिल्म ‘एनिमल’ को सफलताको मजा लिइरहेकी छिन् ।
अहिले नायिका र उनका फ्यानका लागि एउटा राम्रो खबर बाहिर आएको छ । रिपोर्टका अनुसार तृप्ती चाँडै ह्यान्डसम हंक अभिनेता कार्तिक आर्यनसँग रोमान्समा देखिने भएकी छिन् ।
वास्तवमा कार्तिक आर्यनले चाँडै नै आफ्नो बहुप्रतिक्षित फिल्म ‘आशिकी ३’ को सुटिङ सुरु गर्दैछन् । अब यो फिल्ममा नायिकासँगै तृप्ति डिमरी मुख्य भूमिकामा देखिने खबर बाहिर आएको छ । स्रोतका अनुसार अहिले यो जोडी फिल्मका लागि पक्का भएको छ । यो खबर सुनेपछि कार्तिक मात्र नभई तृप्तीका फ्यानहरु पनि खुशीले उफ्रिरहेका छन् र फिल्मको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।
पिंकभिलाको रिपोर्ट अनुसार कार्तिक आर्यन अब तारा सुतारियासँग नभई ‘आशिकी ३’ मा तृप्ति डिमरीसँग देखिने छिन् । निकट स्रोतले पनि यो खबरको पुष्टि गरेको छ । यो आशिकी फ्रेन्चाइजीको तेस्रो फिल्म हो । जहाँ राहुल रोय र अनु अग्रवाल ‘आशिकी’ मा देखिएका थिए । जहाँ ‘आशिकी २’ मा आदित्य रोय कपुर र श्रद्धा कपुरले आफ्नो सिजलिङ केमेस्ट्रीले फ्यानलाई पागल बनाएका थिए ।
तृप्ती डिमरीको कुरा गर्ने हो भने अभिनेत्रीले हालै सन्दीप रेड्डी वाङ्गाको फिल्म ‘एनिमल’ मा रणवीर कपूरसँग रोमान्स गरेकी थिइन, जसलाई धेरैले मनपराएका थिए ।। फिल्ममा दुवैको इन्टिमेट दृश्यको निकै चर्चा भएको थियो । सो फिल्मबाट तृप्ती घर घरमा चर्चामा आएकी छिन् । अनुराग बसुद्वारा निर्देशित ‘आशिकी ३’ को सुटिङ सन् २०२४ मा सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार