भूकम्पपीडितलाई २० लाख बराबरको सहयोग
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १५:४:२४
११ पुस, काठमाडौं । मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । गत कात्तिक १७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई आज फाउन्डेसनले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।
भूकम्प प्रभावित दुई सय ५० घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, दुई किलो सोयाबिन, दुई किलो नुन र दुई लिटर तेलसहित न्यानो ब्ल्याङ्केट वितरण गरिएको । त्यस्तै चार सय बालबालिकालाई न्यानो कपडासहित जुत्ता वितरण गरिएको छ ।
भौगोलिक विकटताका कारण भूकम्प गएको दुई महिना बितिसक्न लाग्दासमेत जाजरकोटको ध्यार गाउँमा कुनै पनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको अवस्थामा उक्त सहयोगले कष्टपूर्ण जीवन बिताइरहेका भूकम्पपीडितलाई राहत पुग्ने आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले बताए ।
गायिका तथा समाजसेवी आनी छोइङ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमलगायतको टोलीले राहत वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुर कारागारमा लागुऔषध मुद्दाका कैदी सबैभन्दा धेरै
असोज ८, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
असोज ६, २०८१ आइतबार
नेपाली सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार