धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन धार्मिक स्वतन्त्रता राख्न कांग्रेस गण्डकीको प्रस्ताव
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार २०:२:२३
११ पुस, काठमाण्डौं । नेपाली कांग्रेस गण्डकी प्रदेशले संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधन गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । पार्टी विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेख्नुपर्ने आग्रह गरेको छ ।
कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । पुस ३ र ४ गते प्रदेश राजधानी पोखरामा भएको सम्मेलनमा प्रदेशका ११ जिल्लाका कांग्रेस नेता कार्यकर्ता सहभागी थिए । सम्मेलनले पार्टीको विधान र संविधानमा संशोधन गरेर एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । सो निर्णय अब कांग्रेसको आगामी महासमिति बैठकमा प्रस्तावका रूपमा पेस हुनेछ ।
गण्डकी सम्मेलनले पार्टीका केन्द्रीय सदस्यहरू समेत हरेक महाधिवेशनमा वडा तहबाटै प्रतिस्पर्धा गरेर आएपछि मात्रै महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । हाल कांग्रेसमा केन्द्रीय कार्यसमितिका सदस्यहरूले स्वतः महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ । गण्डकी सम्मेलनले विधानको त्यस्तो व्यवस्था खारेज गर्दै हरेक महाधिवेशनमा केन्द्रीय सदस्यहरू पनि वडादेखि नै निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने व्यवस्था गर्न निर्णय गरेको हो ।
सम्मेलनपछि प्रदेश कार्यसमितिले जारी गरेको घोषणापत्रमा सम्मेलनले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको उल्लेख छ । प्रदेश सभापति शुक्रराज शर्माले सम्मेलनमा व्यक्तिभन्दा पनि विधि र व्यवस्थाप्रति संवेदनशील भएर सम्मेलनमा छलफल भएको बताए । ‘एकै व्यक्तिले पटक–पटक अवसर पाउनुहुन्न । जतिसुकै सक्षम भए पनि एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नुहुन्न भनेर छलफल भयो, सम्मेलनले सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने ।
सम्मेलनले पहिले पार्टीको विधानमा र त्यसपछि संविधानमा यस्तो व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । प्रदेश सभापति शर्मा पार्टीमा नेता शेखर कोइरालानिकट हुन् । पार्टीमा महामन्त्री गगनकुमार थापासहित शीर्ष नेताहरूले सार्वजनिक रूपमै सभापति देउवालाई अब फेरि प्रधानमन्त्री हुनबाट रोक्नुपर्ने बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार