मंगलबार कार्यशैली सुधार्छु भनेका प्रधानमन्त्री प्रचण्ड बुधबार हेलिकोप्टर लिएर पुगे नातिनीको घर
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार २१:२७:२५
११ पुस, काठमाडौं । सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा एक दिन नपुग्दै तोडेका छन् । उनले सम्बोधनमा अब म कार्यशैली सुधार्छु र जतापायो उतै जान्न भनेका थिए । तर, एक दिन पनि टिकेन ।
कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुगेका उनी दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भए । पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रम । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उनी पुगेका थिए ।
त्यसपछि दिउँसो ३ बजे उनी पुगे गोरखाकै गण्डकी गाउँपालिका–९ स्थित घ्याल्चोक ज्यामिरघाटमा । नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड नातिनी प्रतिभा भेट्न ज्यामिरघाट पुगेका हुन् । केही दिनदेखि ज्यामिरघाटमै रहेका प्रतिभा र विज्ञानले आफ्नो गाउँमा आएका हजुरबा प्रचण्डलाई स्वागत गरेका थिए । उनीहरुले प्रचण्ड फर्किने बेलामा नेपाली सेनाको हेलिकप्टर अगाडि फोटो खिचाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार